LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

बुटवल । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले ४ मंसिरको चुनावपछि सत्तारुढ गठबन्धनमा फुट आउने दावी गरेको छ । सोमबार रुपन्देहीमा एमालेले गरेको कार्यक्रममा उनले सत्ता गठबन्धनले भावी प्रधानमन्त्री समेत तोक्न नसकेको र चुनावपछि भागबण्डाकै कारण गठबन्धन फुट्ने र एमालेको सरकार बन्ने उनले दावी गरे ।सत्ता गठबन्धनमा चुनाव अगावै आंशिक फुट आइसकेको छ’, पौडेलले भने–‘चुनावको नतिजा पनि भनेजस्तो आउंदैन, त्यसपछि गठबन्धन पुरै फुट्छ र एमालेकै नेतृत्वमा सरकार बन्छ ।

’उनले नेकपा एमालेले अघि सारेका विकास निर्माण र योजनाहरुबाट विपक्षीहरु आत्तिएको बताएका छन् । तिनाउ–दानव करिडोर, मोतीपुर औद्योगिक क्षेत्र, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र, कालीगण्डकी तिनाउ डाइभर्सन, सिद्धबाबा सुरुङमार्ग, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जस्ता ठूला विकास पूर्वाधारका कारण एमालेको लोकप्रियता बढेको पौडेलले दावी गरे ।एमालेको सरकारको पालामा विष्णु पौडेलले रुपन्देहीको रुप बदल्ने र विकासमा रोलमोडल बनाउने गरी एक पछि अर्को ठूला आयोजना ल्याउने र बजेट पार्ने गरेपछि विपक्षीहरु आत्तिएका हुन्’, पौडेलले भने ।

 

सम्बन्धित खबर