LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरधाम ।स्वन्त्रत उम्मेदवार जिताउ अभियानका संयोजक तथा पुर्व मन्त्री प्रभु साहले राजनीतिक दलहरुले विचार र सिद्धान्तबाट विमुखभएको बताएका छन् ।सोमवार जनकपुरधाम स्वतन्त्र उम्मेदवार जिताउअभियानकाअगुवाकार्यकर्ता भेलालाई सम्बोधनगर्दै संयोजक साहले राजनीतिक दलका शिर्ष नेताहरु सत्ता र स्वार्थका कारण पार्टीको विचार, सिद्धान्त र लाईनलाई बिर्सेर विचार र सिद्धान्त विपरित दलसँग गठबन्धन गर्ने गरेको आरोप लगाए ।

एमाले र जसपाको गठबन्धन सत्ता स्वार्थले मात्रै गरिएको बताउदै संयोजक साहले भने,‘ एमाले अध्यक्ष केपिशर्मा ओलीले विचार र सिद्धान्त छोडेर जसपा अध्यक्ष उपेन्द्र यादव सँग चुनावी गठबन्धन गरे । प्रतिगामीको संज्ञा दिन एमालेसँग आज कुन मुख अध्यक्ष यादव चुनावी गठबन्धन गरे, त्यस कारण यि दलहरुमा विचार र सिद्धान्तको कुनै मतलब नै रहन । यि दलहरुले जनतालाई भोट लिएर जनताको जनभावना सँग खेलवाड गर्नु वाहेक केहि गर्दैनन् ।’स्वतन्त्रबाट निर्वाचित व्यक्तिले मात्रै जनताको हक हितमा काम गर्ने दावि गर्दै नेता साहले भने,‘ स्वतन्त्रबाट जितेका उम्मेदवार सभामा पनि आफ्नो विचार स्वतन्त्र रुपमा राख्न सक्छन, कुनै दलको हुप मान्नु पर्ने वाध्यतामा हुदैनन् ।

सदैव जनताको अवाज बनेर सभामा आफ्ना कुरा राख्छन् ।’ दलिय सिस्टमले देशको विकास हुन नसक्ने नेता साहको भनाई थियो । मधेश प्रदेशका सबै जिल्लामा आफुहरु स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने बताउदै उनले भने,‘ स्वतन्त्र रुपमा उम्मेदवारी दिएका राम्रो, इमन्दार उम्मेदवारलाई सहयोग गर्ने हाम्रो अभियान हो ।’ उनले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधी सभामा स्वतन्त्र उम्मेदवारी दिएका उमेश साहलाई सहयोग गर्न सबै सँग अपिल गरेका छन् ।

 

सम्बन्धित खबर