LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले समाजिक सदभाव र भाईचारमा खल्ल पुरयाउनेलाई अपराधिको संज्ञा दिएका छन् ।
केहि दिन अघि महोत्तरीको पररियामा भएको हिंसात्मक घटनाको स्थलगत निरीक्षण पश्चात मंगलवार स्थानीय सामुदायलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले वर्षोदेखि कायम रहेको हाम्रो समाजिक सदभाव र धार्मिक सहिण्षुतामा विखण्ड ल्याउने शक्ति, कुनै जात धर्मको नभई अरपारधिक मानसिकताबाट प्रेरित रहेको बताए । उक्त हिंसात्मक घटनाको दोषिलाई कडा कारर्वाहीको माग गर्दै अध्यक्ष अन्सारीले स्थानीय सामुदायसँग शान्तिपुर्ण र सौहार्यपुर्ण वातावरण बनाउन आग्रहा समेत गरे । नेपाल सरकारले घटनाको उच्च स्तरीय छानबिनको लागि टोली गठन गरिसकेको उनले बताए ।
समितिले छानबिनको कार्यलाई अगाडी समेत बढाई सकेको बताउदै अध्यक्ष अन्सारीले भने,‘ समाजिक सदभाव र भाईचारा समाप्त गर्ने तत्वलाई समयमा कारवाही भएन भने उनीहरुको मनोबल बढेर जान्छ । भोलीको दिनमा फेरि जस्ता अपराधिक क्रियाकलाप गर्न उनीहरु पछि पर्दैन । त्यसकारण घटनाको वास्तविक दोषि जुन सुकै सामुदायको भएपनि कानुनी कारर्वाहीको दायरामा ल्याउनुपर्छ ।’ समाजमा कुनै एक जात वा धर्मका व्यक्तिले गलत गरेको खण्डमा त्यसलाई लिएर पुरै समाज,जात वा धर्मसँग जोडनु कुनैपनि हिसाबले उचित हुदैन, उनले भने,‘ जुन व्यक्ति गतल गरेको त्यसलाई कानुन अनुसार कारर्वाही हुनुपर्छ । आफ्नो सामुदायको हो भनेर संरक्षण गर्नुपनि गलत हो । कारण अपराधिको जात धर्म हुदैन । उनको एउटै जात भनेको अपराध हो ।’

घटनामा घाईते भएकाहरुको उपचार खर्च र क्षति भएको भौतिक संरचनाको क्षतिपुर्ति उपलब्ध गराईन दिन आफुले नेपाल सरकारसँग माग समेत गरेको अध्यक्ष अन्सारीले बताए । घटनाको विषयमा जानकारी लिन महोत्तरीको प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुसँग समेत छलफल भएको उनले बताए । धार्मिक सदभाव र समाजिक भाईचाराले नै मुलुकलाई विकास र सम्वृद्धिको बाटोमा अगाडी बढ्न टेवा पुग्ने उनको भनाई थियो ।

सम्बन्धित खबर