LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

ज्नकपुरधाम । धनुषाका सशस्त्र प्रहरीका एक वरिष्ठ सई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले रंगे हात पक्राउ गर्न सफल भएको छ ।
अख्तिार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले धनुषाको सिमावर्ति क्षेत्र जटही नाकाका प्रमुख तथा वरिष्ठ सई देवकीलाल चौधरीलाई चार हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । चौधरीलाई चार हजार रूपैयाँ घुससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए ।
चौधरीलाई नगराईन नगरपालिका–२ जटहिस्थित विनायक ईन्टर प्राईजेज (मदिरा पसल)बाट अख्तियारको टोलीले पक्राउ गरेको हो । स्थानीय एक व्यापारीसँग नेपालबाट भारतीय बजारमा मदिरा ओसारपोसारको गर्नको लागि घुस लिई रहेको अवस्थामा टोलीले चौधरीलाई पक्राउ गरेको बताईएको छ ।

सम्बन्धित खबर