LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । प्रतिनिधी र प्रदेश सभाको निर्वाचनलाई लक्ष्ति गरि धनुषा जिल्ला भरि आज शनिवारदेखि मदिरा बिक्रीवितरणमा प्रतिबन्ध लगाईएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले गत शुक्रवार सुचना जारी गर्दै शनिबारदेखि जिल्लाभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाईएको जानकारी गराएको छ । जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न यस्तो सुचना जारी गरिएको बताए । निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६ (थ) मा भएको व्यवस्था, सर्वदलिय–सर्वपक्षिय, समन्वय बैठकबाट भएको निर्णय तथा जिल्ला सुरक्षा समितिको सिफारिश बमोजिम स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ अनुसार शनिबारदेखि निर्वाचन सम्बन्धी कार्य सम्पन्न नहुन्जेलसम्म जिल्लाभर मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवन गर्न निषेधित गरिएको सुचनामा उल्लेख छ ।
कोही कसैले सुचनाको बर्खिलाप वा निर्वाचन अवधिमा सुचनालाई अवज्ञा गरि मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने सुचनामा चेतावनी समेत दिईएको छ ।

सम्बन्धित खबर