LIVE
पुर्व राज्यमन्त्री सञ्जय साहको मुद्दा सुनुवाइ माग्दै जनकपुरमा प्रदर्शन | | अयोध्याबाट मंगलबार जनकपुरधाम आउँदै सरयुग कमला एक्प्रेस, स्वागतको भव्य तयारी | सर्वदलिय सरकारदेखि रोजगारी सिर्जनासम्म मुख्यमन्त्री यादवको प्राथमिकता | उद्यमीलाई आर्थिक विकासको संवाहक बनाउन सरोकारवालाको जोड | नवनियुक्त मुख्यमन्त्री यादवले आइतबार बिहान १० बजे शपथ लिने, एक सातापछि विश्वासको मत लिने | मधेश सरकार गठनमा संवैधानिक अन्योल, सत्ताको दाउपेचमा दलहरू | नेकपाका केन्द्रीय सदस्य श्याम यादवसहितका नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश | चिनियाँ दूतावासद्वारा जनकपुरको कन्या मावि शैक्षिक सामग्री सहयोग | छठ मनाउन मधेश झरे कांग्रेस सभापति थापा, सर्लाही हुँदै वीरगञ्ज पुग्ने |

जनकपुरधाम । निर्वाचनको समय नजिकदै गर्दा तराई मधेश लोकतान्त्रिक पार्टीका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को (ख)बाट प्रदेश सभा सदस्यका उम्मेदवार असगर अलीले घरदैलौ कार्यक्रमलाई तिव्रता दिएका छन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को ख मा पर्ने वडाहरुको उम्मेदवार अलीले घरदैलौ कार्यक्रमलाई तिव्रता दिएका हुन् । घरदैलो कार्यक्रम अन्तर्गत उनी शनिवार जनकपुरधाम वडा नम्बर २ मा घरदैलौ कार्यक्रम गरेका हुन् । घरदैलौ कार्यक्रममा उम्मेदवार अलीलाई सर्वसधारण जनताले ठाँउमा स्वागत गर्दै सफलताको शुभनाका समेत दिने गरेका छन् ।
आईतवार घरदैलो कार्यक्रम पश्चात आयोजना गरिएको घोषणालाई सम्बोधन गर्दै नेता अलीले म नेता होईन जनकपुरधामको बेटाको रुपमा जनकपुरधामवासीलाई सेवा गर्न उम्मेदवारी दिएको बताए । ‘म यो शहरमा जम्मे हुर्केको छु, यहाँको माटोसँग प्रेम छ, यहाँको धर्मसास्कृतिसँग औधी लगाव छ,उम्मेदवार अलीले भने,‘ म उपमेयर हुदाँ गरेको विकास निर्माणको कामको मुल्याङ्गकन गरेर मतदान गर्नु होला । अन्य पार्टीका नेताहरु जस्तो दलबदलु र अवसरवादी होईन । मसँधै जनकपुरधामवासीकै सेवामा ४५ वर्ष खर्जेको छु ।मैले जनकपुर र जनकपुरवासीको लागिको गरेको योगदानलाई एक पटक मतदान गर्नु अघि सम्झिनु होला ।’


अर्को प्रशंगमा उम्मेदवार अलीले मधेशी जनताको हक अधिकारको सवालमा सबै राष्ट्रिय पार्टीहरु एउटै मानसिकता रहेको आरोप लगाए ।
मधेश केन्द्रित दलहरु सत्ता स्वार्थका कारण मधेशको एजेण्डा छोडेर मधेश विरोधी पार्टीसँग चुनावी सहकार्य गरेको दावि गर्दै नेता अलीले भने,‘ अव मधेश केन्द्रितहरुको प्राथमिकतामा मधेश र मधेशी जनता रहनन्, उनीहरु आफ्नो सत्ता र स्वार्थ सिद्ध गर्न कोही काँग्रेस माओवादीसँग त केही एमालेसँग चुनावी गठबन्धन गरेका छन् । उनीहरुलाई मधेश र मधेशी एजेण्डासँग अव कुनै सरोकार रहनन् ।’
संविधान अझै संसोधन नभएर अझै मधेशीको हितमा हुन सकेको छैन, नागरिकता ऐन पास नहुदाँ लाखौ मधेशीका सन्तान नागरिकताबाट वंचित भएका कारण उच्च शिक्षा र रोजगार पाउन सकेका छैनन्, उम्मेदवार अलीले भने,‘ मधेश आन्दोलन तका आफ्ना ज्यानका समेत प्रभाव नगरि लागेहरुमाथि अहिले विभिन्न मुद्दाहरु छन्, सो मुद्दा धेरै कारागार जीवन बिताई रहेका छन्, तर उनीहरुलाई रिहा गराउन मधेश केन्द्रित दलहरु सकेनन् । मात्रै सत्ताको लागि सहमतिको नाटक गरेर पालैपालो सत्तामा पुगे ।तर मधेश मुद्दा जहाँको त्यही छ ।’

सम्बन्धित खबर