LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

काठमाडौँ– चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो नागरिकता सम्बन्धमा दिएको स्पष्टीकरण निर्वाचन आयोगमा आइपुगेको छ।
जिल्ला निर्वाचन कार्यालय चितवनका मूख्य निर्वाचन अधिकृत हृतेन्द्र थापाले लामिछानेको स्पष्टीकरण आयोगमा पठाएका हुन् । मंगलबार प्राप्त भएको स्पष्टीकरण खामको सिलबन्दी नै नखोली आयोगको केन्द्रीय कार्यालयमा पठाएको जानकारी थापाले दिए।
दोहोरो नागरिकता रहेको आरोप लागेपछि निर्वाचन कार्यालयले लामिछानेसँग स्पष्टिकरण माग गरेको थियो ।
लामिछानेले मंगलबार जिल्ला निर्वाचन कार्यालय चितवनमा स्पष्टीकरण दिएका थिए । उनीमाथि अमेरिका र नेपालको नागरिकता लिएको आरोप थियो ।
स्रोतका अनुसार लामिछानेले आफूले अमेरिकी नागरिकता त्याग गरिसकेको र नेपाली नागरिकता तथा राहदानी नै रहेको स्पष्टीकरणमा उल्लेख गरेका छन् । उनले आफूसँग दोहोरो नागरिकता नभएको स्पष्टीकरण पनि आयोगलाई बुझाएका छन्।
उक्त स्पष्टीकरणपछि आयोगले नागरिकता विवादसम्बन्धी थप कारबाही अगाडि बढाउनेछ ।

सम्बन्धित खबर