LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

फाएजा फहमीदा
जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नंं २ मा एमालेका उम्मेदवार रहेका उमाशंकर अरगरीयाले मतननामा धाधली भएको आरोप लगाएका छन् ।
शुक्रवार दिउँसो जनकपुरधाममा पत्रकार सम्मेलन गरि अरगरीयाले जनताको अभिमत विपरित निर्वाचन अधिकृतले गलत मनसाय राखेर नेपाली काँग्रेसका उम्मेदवारलाई निर्वाचित भएको प्रमाणपत्र दिएको आरोप लगाए । अगरीया सत्तारुढ गठबन्धन दल नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण यादवबाट १ सय ५७ मतले पराजित भएको छ । प्रतिनिधी सभाको मतपत्र कुनै प्रावधिक कारणले प्रदेश सभाको मतपेटिकामा परेको र सो मतपत्रलाई समेत काउन्ट्रिङ्ग नगरि सबै मतपत्रलाई बदर गरि एकलौटि रुपमा काँग्रेसका उम्मेदवार यादवलाई निर्वाचित भएको प्रमाणपत्र दिएको उनको भनाई थियो ।
निर्वाचन निर्देशिका विपरित निर्वाचन अधिकृत प्राविधिक कारणले अर्को मतपेटिकामा गएको ४ सय मतपत्रलाई बदर गरि आफुमाथि अन्याय गरेको उनले गुनासो गरे । उनले आफुमाथि अन्याय गर्ने निर्वाचन अधिकृत धर्म अवतार कोईरालालाई तत्काल निलम्बन गरि कारर्वाही गर्न माग समेत गरे ।
उनले कुनवडामा कुन उम्मेदवारको कति मत परेको विषयमा सुचना अधिकारको प्रयोग गर्दा पनि सुचना नपाएको बताए । रि काउन्ट्रिङ्ग र मतदान अधिकृत कोईरालाको कारर्वाहीको लागि अदालत जाने उनले चेतावनी समेत दिए ।

 

सम्बन्धित खबर