LIVE
भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ | सरकारी विज्ञापन नीतिविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र | सरकारी विज्ञापन नीति विरुद्ध मधेशका मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र |

फाएजा फहमीदा
जनकपुरधाम । प्रत्येक वर्ष जनकपुरधाममा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत पाँचौ दिन मटकोर कार्यक्रम सम्पन्न भएको छ ।
तेत्रा युगमा भागवान राम र सीताको विहवाह भएको स्मरणमा मनाईने सताव्यापी रुपमा मनाईन रामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत आईतवार दिउँसो मटकोर कार्यक्रम सम्पन्न भएको हो । मिथिलाको वैवाहिक परम्परालाई जीवित राख्दै प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीको दिन मनाईने महोत्सवले नेपाल–भारत बीचको आदिकालीन सांस्कृतिक सम्बन्धका दर्शाउन छन् । कारण तेत्रयुगमै भारत अयोध्याका दशरथका छोरा पुरुषोत्म राम र राजा जनककी छोरी सीता बीच वैवाहिक सम्बन्धमा बाधिएको थियो ।


यो महोत्सव ७ देखि १३ मंसिर सम्म चल्ने छ । आईतवार दिउँसो जानकी मन्दिरको प्राङ्गणबाट बाजागाजासहितको टोली बिहेको वेदी बनाउन गंगासागर पोखरीमा माटो ल्याउन पुगेका थिए । पोखरीबाट जानकी मन्दिर भित्र्याइएको माटोले सीता–राम विवाहका लागि वेदी तयार गर्ने चलन रहेको छ । महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव र आज पाँचौ दिन मटकोर विधि सम्पन्न भएको छ भने भोलि महोत्सवको मुख्य आकर्षक मानिने स्वय्वर हुने छ ।


राम र जानकीको स्वयंवर भएको जनविश्वास रहिआएको उक्त स्थानमा विवाह पञ्चमीका दिन जनकपुरधामस्थित राममन्दिरबाट जन्तीसहित भगवान रामको डोला नगरको परिक्रमा गर्दै ल्याइएपछि जानकी मन्दिरबाट बाजागाजा लावालस्करका साथ जानकीको डोला लगेर स्वयंवर गराइन्छ । त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृति अनुसार राती वैवाहिक कार्यक्रम र त्यसको भोलि पल्ट रामकलेवा पछि महोत्सव विधिवत रुपमा सम्पन्न गरिन्छ । यस वर्षको महोत्सवमा उत्तराखण्ड सरकारका पर्यटन मन्त्री एवम् अन्तर्राष्ट्रिय आध्यात्मिक गुरु सतपालजी महाराज सहभागी भएका छन् ।


यसैबीच, मधेश प्रदेश सरकारले विवाहपञ्चमीको अवसरमा भोली सोमवार सार्वजनिक विदा दिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आईतवार विवापञ्चमीको शुभकामना दिदै सोमवार प्रदेश भरि सार्वजनिक विदा रहेको घोषणा गरेका हुन् । सप्ताहव्यापी मनाईने उक्त महोत्सवको मुख्य आकर्षण भागवान र सीताको स्वय्वर सोमवार भएकोले प्रदेश सरकारले सो अवसरमा विदा दिएको हो ।

 

सम्बन्धित खबर