LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

काठमाडौं । ‘ब्रोकब्याक माउण्टेन’ र ‘लाइफ अफ पाइ’जस्ता फिल्मबाट ओस्कार अवार्ड जितेका निर्देशक आङ लीले मार्सल आर्ट्स स्टार ब्रुस लीको जीवनमाथि फिल्म बनाउने भएका छन् ।फिल्ममा ब्रुस्लीको भूमिका चाहिं उनका छोरा मासोन लीले निर्वाह गर्ने भएका छन् । हलिउड स्टुडियो सोनी पिक्चर्ससँग मिलेर बनाउन लागिएको यो फिल्मबारे प्रि(प्रोडक्सन सुरु भएको छ । डन फटरम्यानले अहिले ब्रुस लीको जीवनमाथि पटकथा लेखिरहेका छन् ।३२ वर्षको उमेरमा सन् १९७३ मा निधन भएका ब्रुस लीले फिल्ममा मार्सल आर्ट्सलाई स्थापित गरेका थिए । उनी अभिनित फिस्ट अफ फ्युरी, इन्टर द ड्रागन, द वे अफ ड्रागन चर्चित मार्सल आर्ट्स फिल्महरु हुन् ।ब्रुस लीलाई पूर्व र पश्चिम संसारलाई जोड्ने सेलिब्रिटी पुलको रुपमा समेत लिन्छ । विश्वमा मार्सल आर्ट्स र एक्सन फिल्ममा क्रान्ति ल्याउन उनको भूमिका महत्वपूर्ण छ ।

सम्बन्धित खबर