LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

प्रहरीले हत्या आरोपमा बारामा एक जनालाई पक्राउ गरेको छ।
जिल्लाको कोल्हवी नगरपालिका–११ का ४३ वर्षीय परीक्षण चौधरीको हत्या गरी खाल्डोमा गाडेको आरोपमा प्रहरीले १८ वर्षभन्दा कम उमेरको भएको एकजनालाई पक्राउ गरेको छ ।बिहीबार बिहान चौधरीको शव गोठघर पछाडि खाल्डोमा पुरिएको अवस्थामा फेला परेको थियो। घटनास्थलमा फेला परेको चप्पलको आधारमा ती बालकलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए।
प्रहरीका अनुसार बुधबार राति गाउँकै रामपुकार चौधरीको नास्ता पसलमा रक्सी सेवन गरी घर जाने क्रममा परीक्षणले बालकसँग अप्राकृतिक मैथुन गर्न खोजेका थिए। सो क्रममा बालकले दाउराले प्रहार गरी चौधरीको हत्या गरी खाल्टो खनी गाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थापाले बताए।
यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सम्बन्धित खबर