LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । नेकपा एमालेका सचिव रघुविर महासेठले वाम एकताको विषयमा अहिले सम्म कुनै कुरा नभएको दावि गरेका छन् ।
शुक्रवार विहान प्रेस चौतारी धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलेमा सचिव महासेठले संघिय सरकार गठनका लागि अहिले सम्म प्रकारको वाम एकताको लागि कुनै कुराकानी नभएको स्पष्ट गरे । पत्रकारको एक जिज्ञसामा उनले भने,‘ पार्टी अध्यक्ष ओली ज्युले प्रचण्डलाई जितको बधाई दिनुभयो ।
प्रचण्ड जिले पनि उहाँलाई बधाई दिनु भएको । तर सरकार निर्माण वा वाम एकताको विषयमा त्यस्तो कुनै कुराकानी भएको छैन ।’ यथास्थितमा वाम एकता गर्न नसकिने बताउदै उनले भने,‘ शेर वहादुरलाई जिलाई नेता मान्नेहरुसँग तत्काल वाम एकता सम्भवन पनि छैन ।’ समानुपातिक तर्फको मतपरिणाम आईसकेको अवस्थामा मात्रै संघ र प्रदेशका सरकार गठनको विषयमा पार्टी भित्र छलफल हुने उनले बताए ।
अर्को प्रशंगमा उनले विगतमा विगतमा केपि ओली नेतृत्वले गरेको विकास निर्माणको काम देखर मधेशी जनताले एमालेलाई विशवास गरे मत दिएको बताए । पाँच वर्ष अघि सम्म मधेशमा एमालेको नाम सुन्न कोही तयार थिएन, उनले भने,‘ तर ओली ज्युको नेतृत्वमा मधेश २ हजारभन्दा बढी लोकप्रिय योजनाहरु काम गर्दा एमालेप्रति मधेशी जनताको विश्वास बढेको छ ।’धनुषा सहित मुलुकका विभिन्न ठाउँमा सत्तारुढ गठबन्धनले आफ्नो उम्मेदवारलाई जिताउन चुनावमा धाधली गरेको उनले आरोप लगाए ।

अव बन्ने सरकारले तीन महिना भित्र अंगिकृत नागरिकका सन्तानलाई नगरिकताबाट वञ्चित गरेको खण्डमा नेकपा एमालेले मधेश प्रदेशका आन्दोलन गर्ने गरिने दावि गरे । उनले गठन हुने नयाँ सरकारले ३ महिना भित्रमा अगिकृत नागरिकका सन्तानलाई नागरिकता नबाढे एमाले मधेश प्रदेशमा कडा आन्दोलन गने पन चेतावनी समेत दिए ।

 

 

 

 

 

 

 

सम्बन्धित खबर