LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

काठमाडौं । विश्वचर्चित नेपाली फिल्म ‘लोरी’को कार्यकारी निर्माताको रुपमा फेसन डिजाइनर प्रबल गुरुङ जोडिएका छन् । हलिउड म्यागजिन भेराइटीले यो खबरलाई पुष्टि गरेको छ ।यस वर्षको कान्स फेस्टिभलमा ग्राण्ड जुरी पुरस्कार समेत जितेको ‘लोरी’ अहिले ओस्कार अवार्डको ‘सट लाइभ एक्सन’ विधामा प्रतिस्पर्धा गरिरहेको छ । निर्मातामा अनुप पौडेल छन् । उनका अनुसार कार्यकारी निर्माताको रुपमा जोडिएका हलिउड फेसन डिजाइनर गुरुङले ओस्कार अभियान सञ्चालनमा फिल्मलाई मद्दत गर्नेछन् ।

उहाँजस्तो विश्व प्रतिष्ठित सेलिब्रिटीले नेपाली फिल्मलाई सघाउनु एकदमै खुसीको कुरा हो । उहाँको मद्दतले हामीलाई ओस्कारमा फाइदा पुग्ने आशा लिएका छौं,’ पौडेलले भने ।‘नेपाली बालबालिकाको राम्रो जीवनशैलीमा सुधार गर्न, सचेतना कार्य सिर्जना गर्न अविनाश र उनको अभियानलाई समर्थन गर्न पाउँदा मैले सम्मानित महसुस गरेको छु,’ गुरुङले भने, ‘यो एक अत्यन्तै शक्तिशाली आमा–छोरीको कथा हो, जुन नेपालको सांस्कृतिक मुद्दाहरूमा धेरै निर्भर छ ।

’एक नेपाली गाउँमा सेट गरिएको, १४ मिनेटको यो फिल्म एक आमाको वरिपरि केन्द्रित छ । जसले आफ्नी १२ वर्षीया छोरीको विवाहप्रतिको हिच्किचाहटलाई लोरीमार्फत कम गर्ने प्रयास गर्छिन् । तर लोरीका धुन रोकिन्छन्, ती किशोरीले नयाँ दृष्टिकोणबाट संसारलाई हेर्न थाल्छिन् ।’बुधबार यो फिल्मलाई ओस्कार अवार्डका मतदाताले हेरिसकेका छन् । यो फिल्म यसै साता केही अमेरिकी हलमा समेत प्रदर्शनको तयारीमा छ ।

सम्बन्धित खबर