LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

जनकपुरधाम । धनुषाको आज विहान दुई गाडी एकआपसमा ठोकिदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ ।
आज विहान करिव ५ बजेको समयमा जिल्लाको गाणेशमान चारनाथ नगरपालिकाको विरेन्द्र कजारस्थित विंगर र पिक भ्यान एक आपसमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटमा मृत्यु हुनेमा धनुषा मुख्यिापट्टी मुसरनिया घर भएकी २९ वर्षिय रुवीकुमारी साह, महोत्तरी रामगोपालपुर –७ बस्ने मंजु कुमारी साह, सृजना साह, पिपरा गाउँपालिका ११ वर्षिय बालक एक कुमार, धनुषा धनौजि गाउँपालिकाका अब्दुल मंसुरी रहेका छन् ।
पुर्वबाट पश्चिम आउदै गरेको ना १ ज ८३९६ नम्बरका विंगर र पश्चिमबाट पुर्व तर्फ जादै गरेको ज १ त १४९६ नम्बरको पिक भ्यान एक आपसमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्ष दिपक रायले बताए । घटनामा आधा दर्जन व्यक्ति घाईते भएको उनले बताए । घाईतेहरुको पहिचान अझै खुल्न नसकेको उनले बताए । घटनाको अनुसन्धान भईहेको उनले बताए ।

सम्बन्धित खबर