LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

ज्नकपुरधाम ।
मधेश प्रदेशका मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईको गएराती निधन भएको छ ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारण सभामा सहभागि हुन शुक्रवार सर्लाही पुगेका भटट्राईको आज विहान पौनो ९ वजे राती बसेको रिर्पोटमै मृत अवस्थामा फेला परेका छन् । सर्लाही शाखाको आज शनिवार साधारण सभा राखिएको थियो । सोही क्रममा उनी मधेश प्रदेशका आमसञ्चार प्राधिकरणका अध्यक्षका श्याम सुन्दर यादव र नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष राजेश कर्णसँगै एउटै गाडीमा शुक्रवार साँझ सर्लाहीको लालबन्दी पुगेका थिए । सर्लाहीको लालबन्दी नगरपालिका–१३ स्थित पथर कोटमा रहेको होलिडे रिर्पोटमा उनीहरुसँगै रातीका खाना खाएका थिए । खाना पश्चात सबै जना अ आफ्नो कोठामा सुत्न गएका थिए ।
नेपाल पत्रकार महासंघका सर्लाही शाखाका पुर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका कोषध्यक्ष विश्वनाथ ठाकुरका अनुसार आज विहान साधारण सभाको सुरु हुने क्रममा उहाँ कार्यक्रममा सहभागि नभएपछि सबैले सोधखोज गर्दा उनी राती सुतेको कोठामा मृत अवस्थामा भेटिएका हुन । भटट्राई बसेको कोठामा टेबलबाट औषधी तल खसेको छ । घटनाको प्राम्भिर अवस्थामा उनको हृदयघातले मृत्यु भएको हुन सक्ने देखिपनि प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । भट्टाराईको निधनले महासंघ सर्लाही शाखाको साधारण सभा समेत स्थगित गरिएको छ । भट्टाराई सप्तरीको राजविराज ७ निवासी हुन । उनी पहिला देखि नै डाईभिटिज र बल्डप्रेसरका सिकार थिए ।

 

सम्बन्धित खबर