LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

काठमाडौं । कुल गार्हस्थ उत्पादन ९जीडीपीको अनुपातमा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने विश्वभरका मुलुकमध्ये नेपाल ११औं स्थानमा उभिएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘माइग्रेसन एन्ड ब्रिफ–२०२२’ रिपोर्टका अनुसार नेपालले सन् २०२२ मा भित्र्याउने रेमिट्यान्स कुल गाह्रस्थ्य उत्पादनको २१।८ प्रतिशत हुनेछ । नेपालमा करिब ४८ खर्बको जीडीपी छ, जसको अनुपातमा करिब २२ प्रतिशतको रेमिट्रयान्स भित्रिरहेको छ ।

अघिल्लो वर्ष जीडीपीको अनुपातमा धेरै रेमिट्यान्स नेपालमा विश्व भरकै मुलुकमध्ये १०औं स्थानमा थियो । जीडीपीको अनुपातमा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने मुलुकमा टोङ्गा छ । जसले आफ्नो जीडीपीको ४९।९ प्रतिशत बराबरको रकम रेमिट्यान्सको रुपमा भित्र्याउँछ । लेबनानले जीडीतको अनुपातमा ३७।८, समोउले ३३।८ र किर्गिस्तानले ३२।१, ताजिकिस्तानले ३१।३, द गाम्बियाले २८।३, होन्डुरस २७।१, साउथ सुडानले २४।८, इ–साल्भाडोरले २३।८ र हाइटीले २२।५ प्रतिशत रेमिट्यान्स भित्र्याएको छ ।

सम्बन्धित खबर