LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

जनकपुरधाम, ।रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसको विकासका लागि क्याम्पस प्रशासनललाई आवश्यक योजना बनाएर ल्याउन नेकपा एमालेकी प्रतिनिधिसभा सदस्य जुली कुमारी महतोले आग्रह गरेकी छन् ।नेकपा एमालेकी नव निर्वाचित प्रतिनिधिसभा सदस्य महताले सोमबार राराब क्याम्पसमा पुगेर यो राष्ट्रकै धरोहरको रुपमा रहेकाले यसको विकासका लागि कोही पछाडि नपर्ने बताइन् ।

उनले क्याम्पसको आवश्यकताको बारेमा सम्बन्धीत निकायसम्म कुरा नै नगएका कारण समेत यसको विकास हुन नसकेको बताईन् ।जुलीले यस अघि आफु समानुपातिक सांसद रहेपनि कसैले राराबको विकासका लागि कुनै योजना लिएर समेत नआएको गुनासो गरिन् ।उनले यस क्षेत्रबाट आफु निर्वाचित भएकाले यस क्याम्पसको जिम्मेवारी आफुमाथि पनि रहेको बताउँदै उनले क्याम्पसमा आवश्यकता रहेको कुरालाई योजनाबद्ध रुपमा प्लानिङ्ग गरेर फाइल ल्याउन आग्रह गरिन् ।

सम्बन्धित खबर