LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

काठमाडौं । नेपाली टोली डीआरएस गेमिङ जारी पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल चरणमा पुगेको छ । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरी नेपालको अर्को टिम ट्रेण्ड टु किल टीटूके यसअघि नै फाइनलमा पुगिसकेको छ ।मलेसियामा भएको प्रतियोगितामा डीआरएस समूह चरणबाट सिधा छनोट हुन असफल भएको थियो । पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा विश्वभरबाट छानिएका ४८ टोलीले समूह चरणमा प्रतिस्पर्धा गरेका थिए । १६ टिम रहेको समूहमा शीर्ष तीन स्थानमा रहने टोलीले सिधै फाइनल चरणमा प्रवेश पाउँछ ।

टीटूके यसरी फाइनल चरणमा पुगेको हो ।अर्को समूहमा रहेको डीआरएस भने समूह चरणमा पाँचौं भएपछि सिधा छनोट हुन सकेन । सिधा छनोट हुन चुकेका समूहमा चौथोदेखि ११औं स्थानमा रहेका टिमबीच सर्भाइभल चरण र त्यसपछि लास्ट चान्स हुँदै पाँच टिमले फाइनल चरणमा स्थान बनाएको हो ।सर्भाइभल चरणबाट १६ टिम लास्ट चान्सका लागि छनोट हुँदा डीआरएस ११४ अंकसहित सातौं भएको थियो । पब्जी मोबाइल विश्व च्याम्पियनसिप खेलिरहेको नेपालको तेस्रो टिम स्काइ लाइड्जले भने सर्भाइभल चरण पार गर्न सकेन ।

१६ टिम सहभागी लास्ट चान्स चरणमा पाँच टिम फाइनल चरणमा पुग्दा डीआरएस १११ अंकसहित चौथो भएको हो ।योसँगै विश्व च्याम्पियनसिपको फाइनल चरणको समीकरण पूरा भएको छ । यो चरणमा १६ टिम हुनेछन् । समूह चरणबाट सिधा आएका ९ टिम ९तीन समूहका ३÷३ टिम सर्भाइभलहुँदै लास्ट चान्सबाट आएका ५ टिम र आयोजकले सिधा आमन्त्रण गरेका २ टिमले फाइनल चरण खेल्नेछन् ।

अहिलेसम्म मलेसियाको क्वालालम्पुरमा आयोजित विश्व च्याम्पियनसिपको फाइनल चरणका खेलहरु सन् २०२३ को जनवरी ६ देखि ८ सम्म इण्डोनेसियाको जाकार्तामा सञ्चालन हुनेछ ।समूह चरणमा पाँचौं भएको डीआरएसले २१ हजार अमेरिकी डलर पुरस्कार पाएको थियो । सर्भाइभल चरणमा सातौं हुँदा २० हजार डलर र लास्ट चान्समा चौथो भएपछि २२ हजार डलर पुरस्कार पाएको छ । फाइनल चरणको कुल पुरस्कार राशी १ लाख ५० हजार अमेरिकी डलर हुनेछ ।

 

 

सम्बन्धित खबर