LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

मधेस प्रदेशको समानुपातिक सांसद चयन गर्न जनता समाजवादी पार्टी (जसपा)मा विवाद देखिएको छ ।
प्राप्त मतको आधारमा निर्वाचन आयोगले मधेश प्रदेशमा जसपालाई ७ सिट दिएको छ । तर जसपाले ७ जनाको नाम टुङ्ग्याउन सकेन । नाम चयनमा विवाद भएपछि अध्यक्ष उपेन्द्र यावदले आयोगमा १० जनाको नाम बुझाएका छन् ।
जसपाको आयोगलाई गरेको सिफारिसमा विन्दुकुमारी यादव (महोत्तरी), किरण कुमारी साह (सप्तरी), शोभा देवी (रौतहट), सञ्जिला कुमारी यादव (सिरहा), चन्देश्वर सदा (सिरहा), ललिता दास (सिरहा), शाहिदा खातुन (सिरहा), ममता मण्डल (धनुषा), मो। युसुफ अलि (सप्तरी), मनिष कुमार सुमन (सप्तरी)को नाम समेटिएको छ ।
जसपाले आयोगमा बुझाएको पत्रमा भने समावेशी समूह मिलाई उम्मेदवारहरुको नाम छनोट गरिएको उल्लेख छ । बुझाएकामध्ये ३ उम्मेदवार सांसद बन्न बञ्चित हुने देखिएको छ ।
जसपाका एक नेताले नाम चयनमा सहमति नजुट्दा १० जनाकै बुझाएको र तीमध्ये ७ जना आयोगले समावेशीताका आधारमा चयन भएको निर्णय गर्दा पार्टीमा विवाद नहुने बताए ।

 

सम्बन्धित खबर