LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाकी धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ ।
आज विहान ४ वजे तिर जिल्लाको बटेश्वर गाँउपालिका–५ शान्तिपुरकी २८ वर्षीया अमृता यादवको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । हतियार प्रहारबाट गम्भिर घाईते भएकी यादवलाई उपचारको क्रममा जनकपुरधामको काव्या अस्पतालमा मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक बस्तन रजौरले जानकारी दिए । चार÷पाँच जना समुहमा आएका नकावधारी समुहले श्रीमतीलाई एक्कासी धारिलो हतियार प्रहार गरि भागेको मृतक यादवकी श्रीमान विरेन्द्र यादवले प्रहरीलाई व्यान दिएको उनले बताए ।
मृतकका श्रीमान यादवलाई पनि प्रहरीले घटनाको विषयमा सोधपुच्छको लागि नियन्त्रणमा लिएको उनले बताए । घटनाको थप अनुसन्धान भईरहेको उनले बताए । यता, मृतकको शव पोस्टमाटमको लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।

 

सम्बन्धित खबर