LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । २७ मंसिर
सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा ल्याउदै गरेको २४ लाखभन्दा बढी रकमसहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले धनुषाको विदेह नगरपालिका –९ इटहर्वास्थित सिमा क्षेत्रबाट प्रदेश २–०२–००५ प ५७९८ नम्बरको अपाचे मोटरसाइकलको ट्याङ्की भित्र लुकाई छिपाई २४ लाख १७ हजार रकम भारतबाट नेपाल ल्याउदै गर्दा पक्राउ गरिएको सशस्त्र प्रहरी मधेश प्रदेशका डिआईजी गणेश बहादुर ठाडा मगरले जानकारी दिए ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनीं जिल्ला मंगपट्टी वडा नंम्बर–१ मन्दिर, विशौल बस्ने २३ वर्षीय उमेश कुमार रहेको डिआईजी मगरले जानकारी दिए । विशेष सुराकीको अधारमा मगलवार विहान ११ वजे कुमारलाई नगदसहित पक्राउ गरिएको उनले बताए । पक्राउ परेका कुमार र बरादम भएको मोटरसाईकलसहित नगद रुपैयाँ जनकपुरधामस्थित भन्सार कार्यालयको जिम्मा लगाएको डिआईजी मगरले बताए ।

सम्बन्धित खबर