LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

तराईमा शितलहर सुरु भएसँगै मधेश प्रदेश सरकार त्यसबाट हुन सक्ने विपद् व्यवस्थापनको तयारीमा जुटेको छ । शितलहर, हुस्सु, तथा चिसोको कारण हुन सक्ने जोखिम न्यूनीकरणको लागि प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले तयारी थालेको हो ।

जाडो याममा प्रदेशमा बर्सेनि मानवीयलगायत ठूलो क्षति हुँदै आएको छ । सोही क्षति न्यूनीकरण तथा जोखिम व्यवस्थापनको लागि प्रदेश सरकारले पूर्वतयारी थालेको हो ।

प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बुधबार बसेको बैठकले विभिन्न निर्णयहरू गरेको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए । चिसो, हुस्सु तथा शितलहरबाट बच्न तथा त्यसबाट हुन सक्ने क्षतिको विषयमा सर्वसधारणलाई जनचेतना जगाउनेलगायतका निर्णय भएको महतोले बताए ।

महतोका अनुसार बैठकले सन्देशमूलक कार्यक्रम गर्ने, विपद् व्यस्थापन तथा जोखिम न्यूनीकरणको क्षेत्रमा काम गर्ने जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा गैरसरकारी संघसंस्थासँग समन्वय गर्ने र चिसो प्रभावित गरिब विपन्न वर्गमा न्यायो कपडादेखि राहतका सामग्री वित्तरण गर्नेसम्मका निर्णय गरेको छ ।

हुस्सुको कारण राजमार्गहरूमा सवारी दुर्घटना बढ्न सक्ने भएकोले सवारीसाधनको गति नियन्त्रणका साथै समयसीमा तोक्ने, चिसो छल्न ‘घुर’ बाल्दा आगलागी तथा मानवीय क्षति हुन सक्ने भएकाले सावधानीपूर्वक घुर ताप्न जनचेतना जगाउने उद्देश्यले जनचेतनामूलक सूचना सामग्रीहरू प्रकाशन तथा प्रशासरण गरिने उनले बताए ।

राहतका लागि गरिब र विपन्न वर्गलाई न्यानो कपडा, कम्बलसहितका सामग्री वितरण गर्ने तयारी समेत भएको महतोको भनाइ छ । ‘गत वर्ष हामीले गरिब विपन्न वर्गलाई कम्बलसहितका सामग्रीहरू वितरण गरेका थियौँ,’ महतोले भने, ‘यस वर्ष पनि कम्बल वितरण गर्ने योजना बनाएका छौँ । तर कति कम्बल वितरण गर्ने अहिले निर्णय हुन सकेको छैन । आवश्यकताअनुसार कम्बल खरिद गरिने छ ।’

संघीय सरकारको विपद् पोर्टलमा मधेस प्रदेश सरकारले लगइन पाएको छ । संघीय सरकारको विपद् जोखिम न्यूनीकरया तथा व्यवस्थापन प्राधिकरणअन्तर्गत रहेका सो पोर्टलमा प्रदेश सरकारले ‘एक्सेस’ पाएको गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जानकारी दिए ।

मन्त्री साहले बुधबार उक्त पोर्टलमा लगइन गरी प्रदेश सरकारको पहुँच बढाएका हुन् । उक्त पोर्टलमा विपदसम्बन्धी सम्पूर्ण जानकारी, पूर्वतयारी, सूचना तथा क्षतिका वित्तरणहरूको तथ्याङ्गकहरू उपलब्ध रहने छ ।

सम्बन्धित खबर