LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

काठमाडौं । नेपाल वायुसेवा निगममा ‘क्याबिन क्रु’को आन्दोलनका कारण बिहीबार निर्धारित तीन वटा उडानका यात्रु रोकिएका छन् । निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार बिहीबार साउदी अरेबियाको रियाद र भारतका दुई शहर बैङ्लोर र नयाँ दिल्लीका लागि निर्धारित उडानहरु प्रभावित बनेका छन् । यसबाट सयौं यात्रुको उडान प्रभावित बनेको छ ।क्याबिन क्रु आन्दोलनमा रहेका कारण कम क्याबिन क्रु बोकेर विदेश उडेका जहाजहरु समेत ढिला गरी उड्नु पर्ने भएको छ ।

जसले गर्दा मलेसिया र दुबईबाट फर्कनु पर्ने जहाजहरुको आगमन समेत प्रभावित बनेको छ ।लामो उडानमा सामान्यतया नयाँ सेट क्याबिन क्रु राखेर पठाउने गरिन्छ । तर, बुधबार भने दिल्ली र बैङ्लोर उडेका क्याबिन क्रुलाई नै मलेसिया र दुबई पठाइएको थियो । यस क्रममा उनीहरुको ड्यूटीआवर १० घण्टा पुरा भएको थियो । यसकारण नियम अनुसार ‘क्रु’लाई रेस्ट दिनु परेका कारण जहाज डिले हुन पुगेका हुन् । निगममा क्याबिन क्रुको आन्दोलनले नियमित उडान प्रभावित बनेको छ । यसले राष्ट्रिय ध्वजाबाहकको छवि नै बिगारेको छ ।

सम्बन्धित खबर