LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

काठमाडौंको सुन्धारास्थित मुसफिर मदिनी मस्जिद भत्काउने प्रयास भएको छ । गएराति डोजरसहित आएकाे अज्ञात समूहले मस्जिद भत्काउने प्रयास गरेका थिए । प्रहरीले मस्जिद भत्काउन प्रयोग भएको डोजरसहित चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त जनसेवामा राखिएको छ ।मस्जिद बनाउँदा केही स्थानीयको जग्गा अतिक्रमण गरेको भन्दै उक्त मस्जिदबारे स्थानीयले पटक–पटक भत्काउने प्रयास गर्दै आएका छन् । धरहराको ठीक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ ।
भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ । यसअघिसमेत स्थानीयले उक्त मस्जिद भत्काएका थिए । पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खबर