LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

मो.इन्तेखाब आलम
जनकपुरधाम । चुनाव सकिएपछि सरकार बनाउँनका लागि नेपाली काँग्रेसले दलहरु संग भेटघाट तिब्र गरेका छन । नेपाली काँग्रेसमा भने प्रधानमंन्त्री बन्नका लागि धेरै नेताहरु दावेदार गरिरहेका छन । नेपाली काँग्रेसका वरिष्ट नेता तथा प्रधानमंन्त्री शेर बहादुर देउबाले पार्टीका नेताहरुलाई पुन प्रधानमंन्त्री आफुलाई बन्न दिनका लागि सबैलाई अहवान गरिसकेका छन । तर नेपाली काँग्रेसका कतिपय नेताहरु अ आफनो अडानमा रहेको नेपाली  काँग्रेस धनुषाका यूवा नेता शम्भु नाथ झाले बताए । नेपाली  काँग्रेस घर भित्र प्रधानमंन्त्री बन्न चाहने धेरै रहेपनि गठबन्धनका साथी माओवादी पार्टीले भने प्रधानमंन्त्री २ वर्षका लागि आफुलाई दिनुपर्ने अडानमा रहेको उनले बताए । प्रधानमंन्त्रीका दावेदार अनेक छन तर को पहिले प्रधानमंन्त्री बन्ने अहिले सम्म भन्न नसकने उनले बताए ।

आपसी तालमेल गरि देशलाई ५ वर्ष सम्म चल्ने स्थिर सरकारका लागी सबैदलले योग्य नेतालाई प्रधानमंन्त्री बनाउँनु पर्ने आफनो इछछा रहेको उनले बताए । जनताले यसपालिको चुनावमा बेग्लै जनादेश सबै पार्टीलाई दिएको उनले जिकर गरे । जनताले अबको ५ वर्षमा विकास मागिरहेको छ, न कि विनास अझै यीनीहरुले सत्ता वा पदको झोलझालमा फसे आउने दिनमा सत्ता यूवा तथा नया अनुहारको हातमा जान सक्ने उनले बताए । जनताले जसो जनादेश दिएपनि जनताको वोटको कदर गनुपर्छ र ५ वर्ष सम्म स्थिर सरकारका लागि आपसी तालमेल गरि नायाँ नेपाल निर्माणका लागिपर्ने बाहेक अरु कुनै विकल्प नरहेको उनले जिकिर गरे ।

सम्बन्धित खबर