LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विदेशमा रहेका नेपालीलाई जागिरको अफर गरेका छन्।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले चितवनस्थित आफ्नो कार्यालयको प्रमुख कार्यकारी अधिकृत (सीइओ)का लागि विदेशमा रहेका नेपालीहरूलाई जागिरको अफर गरेका हुन्।
विदेशमा रहेका, व्यवस्थापनमा दखल राख्ने र स्वदेशमा केही गर्न इच्छुक व्यक्तिको आफूलाई खाँचो रहेको उनकोे भनाइ छ। आफूसँग काम गर्न चाहने त्यस्तो दक्षता भएको व्यक्ति नेपाल फर्किन चाहेमा रिसिभ गर्न आफैं एयरपोर्ट आउने बताएका छन्।
‘यो देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैन। विदेशमा रहनुभएका व्यवस्थापनमा दखल राख्ने, स्वदेशमा केही गर्न इच्छुक व्यक्तिको हामीलाई खाँचो परेको छ। हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सीइओ) भएर विकास, सुशासन, व्यवस्थापन लगायतका सम्पूर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुविधासहित म एयर्पोटमा स्वागत गर्न तयार छु,’ उनले भनेका छन्, ‘कति बाकसमा मात्र फर्किने? अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नि, हैन त? सुरूवात एक जनाबाट, थप योजना सार्वजनिक गर्दै जाँउला। आफ्नो सीभी मलाई पठाउनु होला। म तपाईंलाई लिन आफैं एयरपोर्टमा आउँछु।’

सम्बन्धित खबर