LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार र अस्पताल निर्देशकलाई स्पष्टीकरण सोधेको छ ।मन्त्रालयले काठमाडौको महाराजगञ्जस्थित बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका निर्देककलाई पनि २४ घण्टाभित्र स्पष्टीकरण माग गरेको छ ।आर्थिक वर्ष २०७९र८० को प्रथम त्रैमासमा सञ्चालित विकास कार्यक्रम र आयोजनाहरुको समीक्षा बैठकमा प्रतिष्ठानका पदाधिकारी उपस्थित नभएको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार र अस्पताल निर्देशकसँग स्पष्टीकरण माग गरेको हो ।

गत मंगलबार सञ्चालन भएको मन्त्रालय स्तरीय विकास समस्या समाधान उपसमितिको बैठकमा उपस्थित नभएपछि उनीहरुलाई स्पष्टीकरण सोधिएको मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा। कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।‘उपसमितिजस्तो महत्वपूर्ण बैठकमा के कति कारणले उपस्थित हुन नसकेको हो रु सो को स्पष्टीकरण पत्र प्राप्त भएको २४ घण्टाभित्र पठाउन मन्त्रालयको सचिव स्तरको निर्णयअनुसार जानकारी गराइन्छ ,’ मन्त्रालयको पत्रमा भनिएको छ ।

हेर्नुहोस् पत्र

 

सम्बन्धित खबर