LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको निर्माण प्रक्रिया छिट्टै अगाडि बढाउने बताएका छन् ।आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानास्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको विषय पनि उठाएका हुन् ।निजगढ विमानस्थलबारे सर्वोच्च अदालतले दिएको आदेशपछि निर्माण अघि बढाउनेसम्बन्धमा अन्योल छ ।

सरकारले गठन गरेको विज्ञको समूहले बाराको निजगढमै विमानस्थल बनाउन सकिने निर्षकर्ष सहितको प्रतिवेदन सरकारलाई पेश गरिसकेको छ । तर कसरी विमानस्थल निर्माण अघि बढाउने भन्नेबारे सरकार अनिर्णित छ ।प्रधानमन्त्री प्रचण्डले अब निजगढ विमानस्थल अघि बढाउने भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानास्थलको कारण कास्कीलाई धेरै मुलुकसँग जोड्न मिल्ने बताएका छन् । कास्कीबासीको चाहना पुरा भएको भन्दै पोखरा विमानास्थलले देशकै अर्थतन्त्रमा योगदान गर्ने उनले बताए ।

सम्बन्धित खबर