LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरधाम, पुस १८ गते ।
मधेश प्रदेशसभाको पहिलो अधिवेशन बैठक आज (सोमबार) बस्दै छ । नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको शपथग्रहण पछि प्रदेशसभाको पहिलो बैठक आज ण्बस्न लागेको हो ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम आज दिउँसो १ बजेका लागि प्रदेश प्रमुख हरिशंकर मिश्रले अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकबाट प्रदेशसभाको अधिवेशन आह्वान गर्ने निर्णय अनुसार सिफारिस भई आए अनुरुप संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख मिश्रबाट प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले बताए ।आजको पहिलो बैठकमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको पत्र प्रदेशसभा सदस्यहरुलाई पढेर सुनाउने पहिलो कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । बैठकमा प्रदेशसभा नियमावली नबनेसम्मका लागि पुरानै नियमावलीलाई अनुमोदन गर्ने कार्यसूची रहेको उनले बताए ।
उनका अनुसार प्रदेशसभाको बैठकमा सभामुखको चुनाव नभएसम्मका लागि अध्यक्ष मण्डल चयन गरिनेछ । प्रत्येक दलको प्रतिनिधित्व हुने गरी अध्यक्ष मण्डल बनाइने उनले बताए । त्यस्तै प्रत्येक दलबाट संसदीय दलको नेता वा प्रतिनिधिले शुभकामना मन्तव्य राख्ने कार्यसूचि रहेको छ । बैठकबाट सभामुख र उपसभामुख चयनका लागि मनोनयन दर्ताको मिति तोकिने कार्यसूची रहेको सचिव यादवले बताए ।
मधेश प्रदेशमा सभामुख र उपसभासमुख चयनका लागि पुस ३० गते मनोनयन दर्ता गर्ने र माघ २ गते उम्मेदवारीको प्रस्तावलाई प्रदेशसभामा निर्णयार्थ पेस गरिने बताइएको छ । प्रदेशसभा सदस्यहरुले शपथग्रहण गरेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्ने कानुनी प्रावधान छ ।

सम्बन्धित खबर