LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यात्रुहरूले विदेशबाट अतिरिक्त मोबाइल ल्याउन पाउने व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन्। उनले अर्थमन्त्री विष्णु पौडेललाई केही दिन अगाडि आफूले दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्री प्रचण्डले विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा नै यो विषयमा आवश्यक कार्यवाही अघि बढाउन मन्त्री पौडेललाई निर्देशन दिएका हुन्।
‘रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरूले आफूसँग फर्किँदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ,’ सचिवालय स्रोतले थाहाखबरसँग भन्यो।
हिजो (मंगलबार) मात्रै अमेरिकाबाट फर्किएका एक यात्रूले अतिरिक्त मोबाइल ल्याउँदा १८ प्रतिशत कर तिर्नुपरेको गुनासो गरेका थिए। झापाका दुधलाल नेम्वाङले ल्याएको अतिरिक्त आइफोन एयरपोर्टस्थित भन्सारका भर्मचारीले १८ प्रतिशत कर तिर्नुपर्ने बताएका थिए। उनले कर नतिरी मोबाइल नै त्यही छोडेर हिँडेका थिए।

 

सम्बन्धित खबर