LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

काठमाडौं । पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर युवराज खतिवडाले बैंक तथा वित्तिय संस्थाले कर्जाको आकार भन्दा गुणस्तर बढाउन आवश्यक रहेको बताएका छन् ।आईतवार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री खतिवडाले बैंकहरुले कर्जाको आकार बढाउँदा जोखिम आउनसक्ने भन्दै बैंक तथा वित्तिय संस्थाले कर्जाको आकार भन्दा गुणस्तर बढाउन आवश्यक रहेको बताएका हुन ।उनले बैंकको पुँजीकरण वृद्धिको लाभ विद्युतीय क्षेत्रले लिएपनि कृषि क्षेत्रले लिन नसकेको बताए ।

खतिवडाले बैंक तथा वित्तिय क्षेत्रको कर्जा अर्थतन्त्रको आकार बराबर भएकोे भन्दै कर्जाको आकार बढ्दै जाँदा वित्तिय प्रणालीमा आर्थिक संकटको संकेत भएको उल्लेख गरे । बैंकको पुँजीकरणको लाभ विद्युतीय क्षेत्रले लाभ लियो तर कृषि क्षेत्रले लिनसकेको छैन । बैंक तथा वित्तिय क्षेत्रको कर्जा अर्थतन्त्रको आकार बराबर हुन पुगेको छ । अझै ठूलो हुने अवस्था देखिएको छ । जुन भोलिको दिनमा वित्तिय प्रणालीको लागि संकटको संकेत हो, उनले भने,कर्जाको आकार भन्दा गुणस्तर बढाउन आवश्यक भएको छ । नियमन क्षेत्रमा बसेर आर्थिक प्रणालीको स्थायित्व र दीर्घकालिन विकासको लागि सुधार गर्न कठोर कदम चाल्दा लोकप्रिय हुन सकिँदैन ।

उनले पछिल्लो एक दशकमा बैंक तथा वित्तिय संस्थाको पुँजीकोष ८ गुणाले बढेको उल्लेख गरे । बैंकको पुँजी वृद्धिको कारण बैंकको सम्पती अधिक मात्रामा बढ्न गई दक्षिण एशियामा नेपालका बैंकको पुँजीकरण माथि पुगेको बताए । उनले कुल गार्हस्थ्य उत्पादनको अनुपातमा गत वर्ष बैंकहरुको सम्पती १२३ प्रतिशत पुगेसँगै बैंकको कुल पुँजीकरणमा नेपाल विश्वमा अधिक पुँजीकरण हुने १४० देशमा २३ औं स्थानमा पुगेको बताए ।एक दशकमा बैंक तथा वित्तिय संस्थाको पुँजीकोष ८ गुणाले बढेको छ । बैंकको पुँजी वृद्धिको कारण बैंकको सम्पति अधिक मात्रामा बढ्न गई दक्षिण एशियामा नेपालका बैंकको पुँजीकरण माथि पुग्यो ।

कुलगार्हथ्य उत्पादनको अनुपातमा गत वर्ष बैंकहरुको सम्पती १२३ प्रतिशत पुग्यो । विश्वका १४० मुलुकको कुन गार्हस्थ्य उत्पादनको अनुपातमा बैंकको पुँजीकरणको तुलना गर्दा नेपाल २१ औं उच्च पुँजीकरण भएको देशमा पुगेको छ,ु उनले भने ।उनले पछिल्लो समय देशको वित्तिय प्रणालीले ठूलो फड्को मारेको बताए । पूर्वअर्थमन्त्री खतिवडाले बैंकहरुमा राखेको निक्षेप डुब्दैन भन्ने विश्वास समेत बढेको बताए । उनले बैंकिङ पुँजीबजार लगायत सम्पूर्ण वित्तिय क्षेत्रमा सूचना प्रविधिको प्रयोग ह्वात्तै बढेको भन्दै लेजर खाता पल्टाएर भुक्तानी गर्ने केन्द्रिय बैंक इन्टरनेटमा कारोबार गर्ने भएको उल्लेख गरे ।

उनले राष्ट्र बैंकले प्रविधिमा आधारित भएर कारोबार गर्न सकेकाले मात्रै महाभूकम्प तथा कारोना महामारीको अवस्थामा तत्काल सरकारी कारोबार र बैंकिङ सेवा दिन सम्भव भएको दाबी गरे ।‘देशको वित्तिय प्रणालीले ठूलो फड्को मारेको छ । बैंकहरुमा राखेको निक्षेप डुब्दैन भन्ने विश्वास बढेको छ । बैंकिङ पुँजीबजार लगायत सम्पूर्ण वित्तिय क्षेत्रमा सूचना प्रविधिको प्रयोग ह्वात्तै बढेको छ । लेजर खाता पल्टाएर भुक्तानी तथा कारोबार फछ्र्यौट गर्ने केन्द्रिय बैंक इन्टरनेटमा कारोबार गर्ने भएको छ,ु उनले भने, एक दशक अघिबाट नेपाल राष्ट्र बैंकले प्रविधिमा आधारित भएर कारोबार गर्न नसकेको भए महाभूकम्पको कारण भौतिक संरचना ध्वस्त भएको अवस्थामा तत्तकाल सरकारी कारोबार र बैंकिङ सेवा सुचारु हुन सम्भव थिएन ।

उनले पूँजीबजारमा प्रविधिको विकास र संरचनात्मक सुधार भएकाले ५५ लाख डिम्याट खाता पुगेको बताए । ुपुँजीबजारमा प्रविधिको विकास र संरचनात्मक सुधारको कार्य नगरिएको भए अहिले ५५ लाख डिम्याट पुग्ने थिएनन्,ु उनले भने, पुँजी बजारको सयौं वर्ष लामो इतिहास भएको देशमा डिम्याट खाता संख्या जनसंख्याको अनुपातमा ६ प्रतिशत मात्रै रहँदा नेपालमा १९ प्रतिशत पुगेको छ ।ुबैंक तथा वित्तिय संस्था परिसंघले अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै खतिवडालाई सम्मान गरेको छ ।

सम्बन्धित खबर