LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार स्थिर र स्थायी सरकार भएको बताएका छन् ।सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा उनले सरकारको स्थायीत्वका विषयमा चलेका हल्लाको पछि नलाग्न आग्रह गरे ।‘यो सरकार स्टेबल र इफेक्टिब सरकारको रुपमा रहन्छ । राष्ट्रसेवक साथीहरु यो सरकार स्टेबल र परमानेन्ट सरकार हो भन्ने कुरा मनमा राखेर काम गर्नुहुन्छ भन्ने मैले विश्वास लिएको छु’ उनले भने ।उनले कुनै हल्लाको पछाडि लाग्नु नपर्ने भन्दै यो सरकार निकम्मा, निष्क्रिय, शिथिल र यथास्थितिमा रहने नभई स्थायी र प्रभावकारी भएको दावी गरे ।

सरकारलाई नेकपा एमालेको सम्पूर्ण हिसाबले साथ र सहयोग रहेको पनि ओलीले बताए ।‘खाली टेम्पररी एरेन्जमेन्ट होइन, परमानेन्ट सेटलमेन्ट हो’ उनले भने । प्रधानमन्त्रीलाई प्रतिनिधिसभाको करिब १८० सांसदको समर्थन रहेको पनि ओलीले बताए ।कसैले सरकार ढाल्छ कि भनेर सोच्न आवश्यक नरहेको पनि ओलीले बताए ।‘म साथीहरुलाई के भन्न चाहन्छु भने यसभित्र कुनै खेल हुन्छ कि यो सरकार ढाल्छ कि भन्ने नसोच्नुस्’ उनले भने, ‘धेरै धेरै खेलाडीहरु दर्शक भएका छन्, रिङभन्दा बाहिर बसेर हेर्न बाध्य छन् ।’

सम्बन्धित खबर