LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम / लोकतान्त्रिक समाजवादी पार्टी९लोसपा० पनि मधेस प्रदेश सरकार सरकारका सहभागी हुने भएको छ । जनता समाजवादी पार्टी नेतृत्वको मधेस प्रदेश सरकारलाई बुधबार नै समर्थन दिएर लोसपाले प्रदेश सरकारमा आफ्नो स्थान पक्का गरेको थियो । यो सँगै मधेश प्रदेश सरकारमा नेकपा एमाले, जसपा, जनमत, माओवादी केन्द्र,लोसपा, राप्रपा र नेपाल संघीय समाजवादी पार्टी गरी ७ दलको सहभागिता हुने निश्चित भएको छ ।

जसपा नेतृत्वको सरकारलाई संघमा जस्तै प्रदेशमा पनि नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीले पनि समर्थन गर्ने सम्भावना रहेको कांग्रेसका एक सांसदले बताए ।

‘जसपा नेतृत्वको सरकारलाई समर्थन दिने विषयमा छलफल गर्न बिहीबार नै कांग्रेस मधेस प्रदेश संसदीय दलको बैठक बसेको थियो । तर निर्णय हुन सकेन ।’, कांग्रेसका एक सांसदले भने, ‘जसपा नेतृत्वको सरकारलाई समर्थन दिने वा नदिने विषयमा शुक्रबार बिहान पनि छलफल हुन्छ ।’

बुधबार नै जसपा संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

लोसपा मधेस प्रदेशका संसदीय दलका नेता अभिराम शर्माले प्रदेश सरकारमा सहभागी हुने गरी सरकारलाई समर्थन दिएको बताए । दलको नेता छनोटमा ढिलाइ भएकोले समर्थन दिन ढिलो भएको भन्दै नेता शर्माले भने, ‘सरकारलाई समर्थन दिएका छौँ र सरकारमा पनि सहभागी हुन्छौँ ।’ शर्मा बुधवार नै दलको नेतामा सर्वसम्मत चुनिएका थिए । कति र कुन मन्त्रालय लोसपाको भागमा परेको छ भन्ने जिज्ञसामा उनले भने, ‘यो विषयमा अहिले दलहरूबीच छलफल भइरहेको छ । अहिलेसम्म मन्त्रालयको विषयमा टुंगो लागेको छैन ।’

ऋन् न्चयगउप्जगपगचष् चगm
नवनियुक्त मुख्यमन्त्री यादवले शुक्रबार बिहान ११ वजे पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रदेश प्रमुख मिश्रले यादवालाई शपथ गराउने छन् । मुख्यमन्त्री यादवसँगै अन्य केही मन्त्रीले शपथ लिने सम्भावना रहेको छ । जसपाका एक नेताका अनुसार दलहरूबीच मन्त्रालय बाँडफाँटमा कुरा नमिलेपछि तत्कालका लागि सरकारलाई समर्थन दिएका मुल पार्टीहरू एमाले, माओवादी केन्द्र, जनमत, लोसपाबाट एकरएक जना बिना विभागीय मन्त्रीले शपथ लिने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबर