LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले ऐतिहासिक र अदभुत विश्वासको मत पाएका छन् ।
मुख्यमन्त्री यादवले प्रदेश सभाको सवै दल र सबै सासदको विश्वासको मत पाएर मधेश प्रदेश सभाको ईतिहासमा नयाँ रेकर्ड दर्ज गराएका हुन् । मुख्यमन्त्री यादवले विश्वासको मत लिने वेलामा सभामा उपस्थित १०२ सासद मध्ये मत विभाजन हुदाँ १ सय २ जना सासदले नै पक्षमा मतदान गरि विश्वासको मत दिएका हुन् । अर्थात मुख्यमन्त्री यादवले सय सयमा प्रतिशत विश्वासका मत पाएका हुन् ।
मधेश प्रदेशका विपक्ष दल नेपाली कांग्रेस,नेकपा एकिकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री सरोज कुमार यादवलाई विश्वासको मत दिएको छ ।
काँग्रेसका मधेस प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादवले संघियतालाई संस्थागत विकास र सरकारलाई अस्थिरताबाट जोगाउन विश्वासको मत दिएको बताए । विश्वासको मत दिएरपनि आफ्नो पार्टी प्रदेश सभामा प्रमुख प्रतिपक्षको भुमिकामा रहने नेता यादवले बताए । नेकपा एस, नागरिक उन्नमुक्ति पार्टीले पनि संघियतालाई स्थायित्व दिने उदेश्यले विश्वासको मत दिएको जनाएको छ ।
यसरी वर्तमान मुख्यमन्त्रीलाई सत्तारुढ गठबन्धन दलहरु जसपा,नेकपा एमाले, माओवादी केन्द्र, जनमत, लोसपा, नेपाल संघिय समाजवादी पार्टी, राप्रपाका साथै विपक्षी दल काँग्रेस, नेकपा एस, नागरिक उन्नमुक्ति पार्टी र स्वान्त्र निर्वाचित सासदहरुले पनि विश्वासको मत दिएका छन् ।

 

सम्बन्धित खबर