LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम, । जनकपुरधामका दुई युवकको अपहरण गरि हत्या गरेको आरोपमा दुई नेपालीसहित पाँचजना पक्राउ परेका छन् ।जनकपुरधाम उपमहानगरपालिका वडा नं। ८ का रोहित साह र वडा नं। १३ का विष्णु साहको हत्या आरोपमा पाँचजनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।नेपाल प्रहरीले दुईजना र भारतीय प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ ।नेपाल तर्फ पक्राउ पर्नेमा महोत्तरीको मनरा सिसवा नगरपालिका २ ईटहर्वा बस्ने २४ वर्षीय किसन कुमार पंडित र मुकेश पासवान रहेको प्रहरीले जनाएका छन् ।प्रवक्ता क्षेत्रीका अनुसार गत पुस २७ गते रोहित र विष्णु ज १२ प ८०४ नम्बरको पल्सर मोटरसाइकलबाट घुम्न निस्केकोमा सोही दिनदेखि तिनीहरुको मोबाइल अफ भएको थियो ।

दुईदिनपछि विष्णुकै फोनबाट विष्णुको बुवाको मोबाईलमा फोन आएको र विष्णुलाई छाड्न १० लाख लिएर आउन भनेका थिए ।अपहरणकारीको फोन आएकै दिन पीडितले प्रहरीमा मौखिक जानकारी गराएपछि जिल्ला प्रहरी र प्रदेश प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले भारतिय सिमा अन्तर्गत पर्ने भारतिय प्रहरीसंग आवश्यक समन्वय गरेर खोज तलास तथा अनुसन्धान गर्दै जादा आइतबार बिाहान करिब अढाई बजे भारतको बिहार राज्य सितामढी जिल्ला पर्सा ग्राम थाना बेला स्थितमा दुईवटा लास गाडिएको अवस्थामा फेला परेको हो ।

सम्बन्धित खबर