LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा छापा मारिएको छ । न्याय मन्त्रालयका अधिकारीहरूले बाइडेनको डेलावेयरको विल्मिङटनस्थित निवासमा सो खानतलासी गरेका थिए । १३ घन्टासम्म चलेको सो खानतलासीका क्रममा गोप्यरूपमा चिह्न लगाइएका थप ६ ओटा दस्तावेज भेटिएको बताइएको छ । बाइडेनका केही हस्तलिखित नोटहरू पनि अधिकारीहरूले आफ्नो कब्जामा लिएका छन् ।केही कागजपत्र सन् १९७३ देखि सन् २००९ सम्म बाइडेनले सिनेटमा डेलावेयरको प्रतिनिधित्व गरेको बेलाको भएको बताइएको छ । अन्य सन् २००९ देखि २०१७ को बीचमा बाइडेन बाराक ओबामाको नेतृत्वको सरकारमा उपराष्ट्रपति भएको बेलाका हुन् ।

एक हप्ताअघि मात्रै उनको घरको पुस्तकालयबाट अन्य ६ ओटा गोप्य कागजपत्र भेटिएको थियो । संघीय अधिकारीहरूले अन्य ठाउँमा पनि छापा मार्छन् कि मार्दैनन् ? त्यो भने हेर्न बाँकी छ । यो विषय राष्ट्रपतिको लागि टाउको दुखाइ बनेको छ । यसले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकाल सकिएपछि गोप्य दस्तावेज र आधिकारिक रेकर्डहरू आफैसँग राखेको मुद्दालाई जटिल बनाउने देखिएको छ ।

खनतलासीको बेलामा बाइडेन र उनको पत्नी दुवै घरमा थिएनन् । तर, बाइडेनका निजी र राष्ट्रपति कार्यालयका वकिलहरू थिए ।बाइडेनका निजी वकिलले यसअघि नै रिहोबोथ बिचमा रहेको उनको आवासमा छापा मारेर केही आधिकारिक वा गोप्य कागजपत्र नभेटिएको बताएका थिए । मन्त्रालयले आफ्नो छानबिनको दायरामा रहेका कागजपत्रहरू मात्रै जफ्त गरेको बताइएको छ । बाइडेन उपराष्ट्रपति भएको बेलाको उनले हातले लेखेको नोट पनि मन्त्रालयले लिएको छ । एजेन्सी 

सम्बन्धित खबर