LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

काठमाडौं । शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ले सर्वाधिक ओपनिङ गर्ने हिन्दी फिल्मको कीर्तिमान राखेको छ । फिल्मले बुधबार हिन्दी संस्करणमा मात्र ५० देखि ५२ करोड भारुको हाराहारीमा ओपनिङ गरेको बलिउड हंगामाले जनाएको छ । यो बिदा नभएको दिनमा समेत सर्वाधिक ओपनिङ गर्ने रेकर्ड समेत बनेको  ।भारतीय गणतन्त्र दिवसको पूर्वसन्ध्यामा रिलिज भएको फिल्म देशभर हाउसफुल रह्यो । भारतका तीन ठूला मल्टिप्लेक्स चेन पीभीआर, आईनक्स र सिनेपोलिसमा मात्र फिल्मले २६.५० करोडको कमाइ गरेको तरण आदर्शले जनाएका छन् । यो कुल कमाइको आधा भएको उल्लेख छ ।

गणतन्त्र दिवसको बिदाको दिन भएकाले बिहीबार फिल्मको कमाइमा उछाल आउने आँकलन भारतीय सञ्चारमाध्यमले गरेका छन् । दुई दिनमै १०० करोड पार गर्ने फिल्म समेत पठान बन्ने प्रक्षेपण गरिएको छ । चार दिनको लामो सप्ताहन्त भएकाले फिल्मको कमाइ यसबीच २०० करोड भारु आसपास पुग्ने देखिन्छ । तेलुगू र तमिल संस्करणबाट थप तीन करोड कमाइ भएको जनाइएको छ ।लगातार ठूला फिल्म समेत असफल भइरहेको बेला पठानले भारतीय बक्स अफिसलाई उद्धार गर्ने देखिएको छ । मुम्बई सर्किटमा मात्र पहिलो दिन पठानका २० हजारभन्दा बढी शो आयोजना गरिएको समेत जनाइएको छ । विदेशमा समेत पठानको कमाइ आकर्षक देखिएको उल्लेख छ ।नेपालमा भने पठानको ओपनिङको कमाइ आउन बाँकी छ ।

सम्बन्धित खबर