LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

काठमाडौं । ‘पठान’ रिलिज भएकै दिनको छेकोमा बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक भएको छ । फरहाद सम्जी निर्देशित फिल्मको टिजरमा प्रशस्तै एक्सन दृश्य समावेश गरिएको छ । दर्शकले टिजरमा पनि सलमान खान शैलीलाई महसुस गर्न सक्छन् ।सलमानको पात्रलाई पूर्णतः एक्सन स्टन्टमा प्रस्तुत गरिएको छ । एक्सन हिरोले गर्नुपर्ने सबै स्टन्ट यसमा छ । सलमानको चरित्रले केही हाई-ओक्टेन स्टन्टहरू तान्दैछ र एक्सन हिरोले गर्नुपर्ने सबै काम गरिरहेको छ । यस ट्रेलरको आधारमा हेर्ने हो भने फिल्ममा केही फरक छैन, फिल्मको कथावस्तु सलमानले लेखेका हुन् ।सलमानको पछिल्लो फिल्म ‘अन्तिम’ थियो, जुन सन् २०२१ मा रिलिज भएको थियो ।

कोरोना महामारीको दोस्रो लहरमा अर्को फिल्म ‘राधे’ सिधै ओटीटीमा रिलिज भएको थियो । सलमानले हालै दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवीको फिल्म ‘गड्फादर’ र शाहरुख खानको ‘पठान’मा विशेष केमियो भूमिका निर्वाह गरेका छन् । ‘दबङ ३’ यता फ्यानले सलमान शैलीका फिल्म हेर्न नपाएको गुनासो गरिरहेका छन् ।यो वर्ष किसीका भाइ किसीकी जानपछि सलमानको अर्को फिल्म ‘टाइगर ३’ पनि रिलिज हुँदैछ । ‘किसीका भाइ किसीका जान’मा पूजा हेग्डे, शहनाज गिल, भाग्यश्री, भूमिका चावलालगायत कलाकारको अभिनय रहेको छ । फिल्ममा वेंकटेश दग्गुबती र रामचरणको विशेष भूमिका थियो । फिल्मलाई निर्देशन गरिरहेका फरहाद सामजीले यसअघि बच्चन पाण्डे र हाउसफुल ४ निर्देशन गरिसकेका छन् ।

सम्बन्धित खबर