LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

काठमाडौं । निर्माताले आर्यन सिग्देलबिनै फिल्म ‘डिसेम्बर फल्स’को दोस्रो श्रृंखला निर्माणको औपचारिक घोषणा गरेका छन् । यसबारे जानकारी दिन सार्वजनिक गरिएको पोस्टरमा उपासना सिंह ठकुरीलाई मात्र चित्रण गरिएको छ । तर सिक्वेलमा आर्यनको सम्भावनाबारे संकेत गरिएको छैन ।पहिलो शृंखलामा प्रमुख भूमिकामा रहेका सिग्देलबिनै पोस्टर सार्वजनिक गर्नुले उनी दोस्रो शृंखलामा नहुने संकेत गर्छ । ‘डिसेम्बर फल्स’को पहिलो भागको अन्त्यमा पनि उपासनालाई मात्र चित्रण गर्नु र आर्यनलाई नगर्नुले पनि यो अनुमानलाई बल पुगेको थियो । फिल्मको रिजोलुसनमा उपासनालाई मात्र चित्रण गरिएको थियो ।

फिल्मको पोस्ट–क्रेडिटमा उल्लेख भएअनुसार दोस्रो श्रृंखलाको छायांकन युरोपेली मुलुक चेक रिपब्लिकको प्रागमा चैत महिनादेखि सुरु हुँदैछ । केही दृश्य मात्र नेपालमा गर्ने जनाइएको छ । आगामी जनैपूर्णिमामा फिल्म रिलिजको तयारी छ । फिल्मलाई निर्माता रामप्रसाद रिजालले आफैं वितरण समेत गरेका छन् ।महेश आर गुप्ताको छायांकन तथा लक्ष्मण रिजालको निर्देशन र लेखनमा फिल्म बन्ने भएको छ ।

सम्बन्धित खबर