LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम ।
भारतको अयोध्यामा निर्माणधिन अवस्थामा रहेको राम मन्दिरको मुख्य मुत्र्ति निर्माणको लागि नेपालको प्रसिद्ध कालीगण्डकीबाट निकालेर जनकपुरधाम ल्याएका दुई वटा देवशिला आज सोमवार भारत पठाईएको छ ।
हिन्दु धर्मग्रन्धमा महत्वपुर्ण मानिएका नेपालको कालिगण्डकी नदिमा निकालिएको उक्त दुई देवशिलालाई जनकपुरधामको जानकी मन्दिरबाट दुई ट्रकमा भारतको अयोध्या पठाईएको हो । गत बुत्रवार कालीगण्डकीबाट धार्मिक मन्त्र तथा धार्मिक विधिविधान अनुसार दुवै देवशिला निकालिएको थियो । त्यहाँबाट शनिवार राती देवशिला जनकपुर ल्याएको थियो । आईतवार जानकी मन्दिर परिसररमा देव शिलाको विशेष पुजापाठ गरिएको थियो सोमवार विहानैदेखि देव शिलाको दर्शनको लागि जानकी मन्दिरको परिसममा भिडलागेको छ ।
मेट्रिक टन तौलका, ७ फिट लम्बाइ, ५ फिट चौडाइ र ३ दशमलव ५ फिट मोटाइका दुई वटा शिलाले भगवान रामको बालस्वरुप मुर्ति तयार गरिने र उक्त मुर्ति राम मन्दिरको गर्भगृहमा राखिने जानकी मन्दिरका महन्थ तपेश्वर दासले जानकारी दिए । कालीगण्डकी नदीबाट ल्याइएको दुई विशाल ‘देवशिला’ लाई आईतवार जानकी मन्दिर परिसरमा राखेर विशेष पूजा गरिएको थियो । जनकपुरधामबाट अयोध्या पठाउने क्रममा भारतको ठाउँ ठाउँमा देव शिलाको विशेष पूजापाठ तथा स्वागत गर्नेे कार्यक्रम रहेको महन्थ दासले बाए ।
म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी किनारको शिला क्रेनमार्फत निकालिएको थियो । रामको मूर्ति बनाइने उक्त देवशिलाको दर्शन गर्न आज जानकी मन्दिर परिसरमा भक्तजन, सरकारी निकायका प्रमुख तथा जनप्रतिनिधि, सर्वसाधारणलगायतको भीड लागेको थियो । लामो कानुनि लडाई पश्चात भारतीय सर्वोच्च अदालतले मन्दिर निर्माणको पक्षमा आदेश गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ अगस्त २०२० मा सो मन्दिरका लागि भुमि पुजन गरेका थिए । जनकपुर र अयोध्या बीच रहेको पौराणिक र ऐतिहासिक सम्बन्ध देशशिलाले अझ प्रगाढ बनाउने काँग्रेस नेता बिमलेन्द्र निधिले बताए ।

सम्बन्धित खबर