LIVE
धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड |

काठमाडौं । भारतले नेपाललाई दिने अनुदान सहायता घटाएको छ । वित्त मन्त्री निर्मला सीतारमणले बुधवार पेश गरेको बजेटमा भारतले नेपाललाई दिने अनुदान सहायता कटौती गरिएको हो । यस वर्ष भारतले नेपाललाई ५ अर्ब ५० करोड भारतीय रुपया (भारु) अनुदान सहायता दिने भएको छ । यो गत वर्षकोभन्दा २ अर्ब कम हो । गत वर्ष भारतले नेपालका लागि ७ अर्ब ५० करोड भारु विनियोजन गरेको थियो ।

भुटान र माल्दिभ्सलाई बढाइयो अनुदान रकम

भारतले दिँदै आएको वैदेशिक अनुदानमा भुटान र माल्दिभ्सको रकम बढाइएको छ । यस वर्ष भारतले भुटानलाई २४ अर्ब भारु अनुदान सहायता दिने भएको छ । गत वर्षको बजेटमा भारतले भुटानका लागि अनुदान सहायतामा २२ अर्बभन्दा बढी रकम विनियोजन गरेको थियो । भुटानका लागि छुट्याइएको रकम भारतले यस वर्ष कुनै पनि देशलाई दिने रकममध्ये सर्वाधिक हो । यस्तै भारतले माल्दिभ्सलाई ४ अर्ब भारु अनुदान सहायता दिने भएको छ । गत वर्षको बजेटमा भारतले माल्दिभ्सका लागि अनुदान सहायतामा ३.६ अर्ब भारु विनियोजन गरेको थियो ।

भारतको नयाँ बजेटमा अफगानिस्तानलाई दिने अनुदान सहायता भने गत वर्षकै बराबर छ, जसमा  अफगानिस्तानलाई यस वर्ष २ अर्ब भारु अनुदान सहायता दिइँदै छ । गत वर्षको बजेटमा पनि भारतले माल्दिभ्सका लागि अनुदान सहायतामा २ अर्ब भारु विनियोजन गरेको थियो । यस्तै, भारतले अफ्रिकी देशहरूलाई दिने अनुदान सहायता पनि गत वर्षकै बराबर छ । यस वर्ष भारतले अफिकी देशहरूलाई २.५ अर्ब अनुदान सहायता दिने भएको छ ।

यसैगरी, म्यानमार, बंगलादेश, श्रीलंका, मंगोलियालाई दिने अनुदान सहायता रकम भने घटाइएको छ । भारतले यस वर्ष म्यानमारलाई ४ अर्ब, बंगलादेशलाई २ अर्ब, श्रीलंकालाई १.५ अर्ब र मंगोलियालाई ७ करोड भारु अनुदान सहायता दिने बजेटमा उल्लेख छ । गत वर्षको बजेटमा भारतले म्यानमार, बंगलादेश, श्रीलंका र मंगोलियाका लागि अनुदान सहायतामा क्रमशः ६ अर्ब, ३ अर्ब, २ अर्ब र १२ करोड छुट्याएको थियो ।

सम्बन्धित खबर