LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

काठमाडौं । शाहरुख खान स्टारर स्पाइ थ्रिलर फिल्म ‘पठान’ले नेपाली बक्स अफिसमा पहिलो साता ६ करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ । मुलुकका डेढ सय पर्दाबाट रिलिज भएको फिल्मले मंगलबारसम्म उक्त कमाइ गरेको फिल्मको नेपाल वितरक ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ ।गत बुधबार रिलिज भएको फिल्मलाई चार दिन लामो सप्ताहन्तको फाइदा मिलेको थियो । पाँच दिनसम्मै लगातार करोडभन्दा बढीको कमाइ गरेको फिल्म हेर्न दर्शकको उपस्थिति लोभलाग्दो देखियो । सोमबार यताको विकडेजमा पनि फिल्मको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा देखिन्छ ।

नेपालमा शाहरुख खानको स्टारडमको लोभलाग्दो उपस्थिति दर्शकमाझ छ । हुन सक्छ, चार वर्षपछि रिलिज भएको यो फिल्मलाई लिएर आतुरता थियो । हलिउडको साइन्स फिक्सन फिल्म ‘अवतार : द वे अफ वाटर’ रिलिज भएपछि सुनसान बनेका नेपाली हलमा पठानले दर्शकलाई तान्न सक्यो ।‘अवतार २’को कमाइ चाहिं नेपालमा झण्डै साढे ९ करोड रुपैयाँ ग्रस छ ।

सम्बन्धित खबर