LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

पर्वत । महाशिवरात्रिका अवसरमा पर्वतका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल गुप्तेश्वर गुफा, अलपेश्वर गुफालगायत शिवालयमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ । गुप्तेश्वर गुफाभित्रको शिवलिङ्गको दर्शन एवं पूजा गर्न टाढाटाढाबाट भक्तजन आएका छन् । उक्त गुफामा पार्वतीले महादेवलाई पतिका रूपमा पाऊँ भनी व्रत बसेको र भगवान् शिव गुप्त रहेको धार्मिक विश्वास छ ।पर्वतकै पाङमा जन्मिएकी पार्वतीले गुफामा व्रत बस्दा कालीगण्डकीमा स्नान गरेको विश्वास गरिन्छ । एक किलोमिटर लामो उक्त गुफामा देवीदेवताका दर्जनौं आकृति छन् ।

त्यस्तै सदरमुकाम कुस्मा नजिकै कटुवाचौपारीस्थित अलपेश्वर गुफामा पनि दर्शनार्थीको भीड लागेको छ । पर्वत, कास्की र स्याङ्जाको सिमानामा पर्ने पञ्चासे, डहरे र सेतीवेणीमा विश्वकै ठूलो शालिग्राम शिला, ठूलीपोखरीको बाटुलेचौरलगायत शिवालयमा आज मेला लागेको छ । पाङको पार्वती गुफा, देउपुरको शिवालय गुफा र चुवाको लालेश्वर गुफा पनि मेला लागेको छ ।यस्तै मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वर र बागलुङको गौरीधाम मन्दिर तथा ग्रामीण क्षेत्रका अन्य शिवमन्दिमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । –रासस

सम्बन्धित खबर