LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को ७ महीनामा मुलुकको व्यापार घाटा ८ खर्ब रूपैयाँ नाघेको छ । भन्सार विभागले बुधवार सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आवको साउनदेखि माघसम्मको तथ्यांकअनुसार व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड ३० लाख ९ हजार रुपैयाँ पुगेको छ ।गत आवको सोही अवधिमा व्यापार घाटा १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख २५ हजार रुपैयाँ थियो । गत आवको उक्त अवधिको तुलनामा यो आवको सोही अवधिमा व्यापार घाटा १८ प्रतिशतले घटेको छ ।

उक्त अवधिमा नेपालले ९ खर्ब १९ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ । गत वर्षको सोही अवधिमा ११ अर्ब ४७ खर्व रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो । यो ७ महीनामा आयात पनि १९ प्रतिशतले घटेको छ ।सो अवधिमा नेपालले ९३ अर्ब ४३ करोडको सामान निर्यात गरेको छ । गत वर्षको यसै अवधिमा १ खर्ब ३१ अर्ब रुपैयाँको वस्तु निर्यात गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष निर्यात २९ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ ।

सम्बन्धित खबर