LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । केन्द्रमा सत्ता समिकरण फेरिएपनि मधेश प्रदेश तत्काल पुरानै गठबन्धनको सरकार रहने भएको छ ।
सोमवार संघिय सरकारबाट नेकपा एमालेले वाहिरे निर्णय गरेपनि मधेश प्रदेश सरकार तत्काल छोडने भएको छ । नेकपा एमालेका मधेश प्रदेशका संसदीय दलका नेता तथा भौतिक पुर्वाधार विकास मन्त्री सरोज यादवले तत्काल मधेश प्रदेश सरकार छोडने विषयमा पार्टीले कुनै निर्णय नगरेको बताए । अहिले पार्टीले न सरकार छोडने निर्णय गरेको न त सरकारलाई दिएको समर्थन नै फिर्ता लिने निर्णय गरेको छ, मन्त्री यादवले भने,‘ पार्टीको निर्देशन आएपछि मात्रै कुनै निर्णय लिन्छौ ।’
ज्नता समाजवादी पार्टीका नेता तथा प्रदेश सरकारमा अर्थ मन्त्री संजय यादवले पनि तत्काल प्रदेशमा सत्ता समिकरण फेरिने सम्भवना नरहेको बताए । शिलापत्र सँगको कुराकानिमा मन्त्री यादवले भने,‘ तत्काल मधेश प्रदेश सरकार पुरानै गठबन्धनको हिसाबले रहन्छ, यसमा तत्काल परिवर्तनको सम्भावना छैन ।’ तर जसपाका एक नेताले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्म मात्रै यो गठबन्धन कायम रहने दावि गरे ।
जसपाले प्रदेशको पुरानो गठबन्धनलाई चुनाव सम्म टिकाउन चाहेको बताए । प्रदेशमा एमालेसँग गठबन्धन कायम रहे सम्म काँग्रेसले मधेश प्रदेश सरकारको नेतृत्वको दावि गर्न सक्दैन,ति नेताले भने,‘ अहिले नै एमालेलाई चिडाएको खण्डमा त्यसको फाईदा काँग्रेसले उठाउन सक्ने भएकोले जसपाले काँग्रेसलाई त्यो अवसर दिन चाहिरहेका छैनन् ।’
यता, नेपाली काँग्रेसका सासद तथा प्रदेशका पुर्व मन्त्री रामसरोज यादवले केन्द्रमा हुने समिकरण कै हिसावले प्रदेशमा पनि समिकरण बन्ने बताए । अहिले संघिय सरकार र राष्ट्रिपति, उपराष्ट्रिपतिमा मात्रै नयाँ गठबन्धन दल बीच बाँडफाँड भएको छ, उनले भने,‘ प्रदेश सरकारको विषयमा अहिले कुनै निर्णय हुन सकेको छैन, प्रदेशको हकमा नयाँ गठबन्धनको निर्णय आएपछि मधेश प्रदेश सरकारको पनि सत्ता समिकरण हुनेछ ।’ एक प्रश्नमा उनले भने,‘ नयाँ गठबन्धन अनुसार प्रदेश सरकारको नेतृत्व काँग्रेसले गर्ने वा जसपालाई नै निरन्तता दिने विषय केन्द्रमै टुंगो लाग्ने विषय हो ।’
मधेश प्रदेश सभामा १ सय ७ सदस्य रहेको छ । त्यस हिसावले सरकार बनाउन ५४ जना सासदको समर्थन आवश्यक छ । प्रदेश सभामा अहिले सबभन्दा ठुलो दल एमालेको २५ सासद रहेको छ । प्रदेश सरकारमा अहिले एमालेले एक सभामुख सहित ४ मन्त्री र १ राज्यमन्त्री रहेको छ । त्यसैगरि, १९ जना सासद रहेको जसपाले सरकारको नेतृत्व गरिरहेको छ भने २२ सिटवाला काँग्रेस प्रमुख प्रतिपक्षको भुमिकामा रहेको छ ।

 

सम्बन्धित खबर