LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

काठमाण्डौ । जनमत पार्टीका अध्यक्ष डा। चन्द्रकान्त राउतले आफूहरू सरकारबाट नबाहिरिने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि उनले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।

अन्य पार्टीहरू आफ्नो माग पूरा नभएकाले बाहिरिएको प्रस्ट पार्दै उनले जनमत पार्टीका लागि सरकार छोड्नुपर्ने कुनै परिस्थिति नआएको उल्लेख गरे । माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेकाले सरकार बदलिएको भन्न नमिल्ने उनको भनाइ छ ।

‘अरू पार्टीहरू त माग पूरा भएन, कसैलाई राष्ट्रपति भएन, कसैलाई मन्त्रालय भएन भनेर बारिरिएका हुन् । जनमत पार्टीका लागि त्यस्तो कुनै नयाँ परिस्थिति सिर्जना भएको छैन,’ उनले भने, ‘योभन्दा पहिला पनि माओवादीकै नेतृत्वमा सरकार थियो । अहिले पनि माओवादीकै नेतृत्वमा सरकार छ । सरकार कहाँ बदलिएको छ त रु सरकारमा सामेल भएका दलहरू फेरिएका हुन् । सरकार फेरिएको छैन । हामी त्यही भएर सरकारमा यथावत् छौँ ।’

अध्यक्ष राउतले नागरिकता विधेयक, बन्दीको रिहाइ र किसान आन्दोलनलगायतका आफ्नो पार्टीले उठाएको एजेन्डा सम्बोधन हुने अवस्था नआए सरकारलाई गरेको समर्थन फिर्ता हुन सक्ने प्रस्ट पारे ।

सम्बन्धित खबर