LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

सप्तरी । सप्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

सप्तरीको कंचनरुप नगरपालिका ९ बिष्णु मन्दिर नजिक पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको स्कारपियो र विपरित दिशातर्फ जादै गरेको घोडा बोकेको बोलोरो पिकअप एक आपसमा ठक्कर खादा एक महिला सहित दुई जनाको मृत्युु भएको हो ।

स्कारपियोमा सवार सुनसरीको दुहबी नगरपालिका वडा नं। ३ बस्ने संजय चौधरीको श्रीमती ४५ वर्षिया राजकुमारी चौधरी तथा सोही ठाउँका ४० वर्षिय हरेराम साह हलुवाईको मृत्यु घटना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यता, बोलोरो पिकअपमा रहेका २ वटा घोडा एउटा गाडीमा र एउटा उछिटिएर जमिनमा लडि घटना स्थलमा मृत्यु भएको छ भन्ने दुवै गाडिमा सवार तत्काल नाम थर वतन नखुलेको १२ जना घाईते समेत भएको सप्तरी प्रहरीले जनाएको छ ।

क्उयलकयचभम

घाइतेहरुको तत्काल उपचारको लागि स्थानिय धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा पठाईएको तथा घटनास्थलमा ईलाका प्रहरी कार्यालय कन्चनपुरवाट खटिएको टोलिले उद्दार गरेको हो ।

घाइते १२ जनालाई स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि बिराटनगरतर्फ रेफर गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं। ३ पोर्तहा स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको भारतीय नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिदा एक जनाको मृत्युु भएको छ ।

ठक्करबाट तत्काल नाम, थर, वतन नखुलेको ३५ बर्षिय एक पुरुष रहेको प्रहरीले जनाएको छ ।

ठक्करबाट घाईते भई उपचारकोलागि भारदह अस्पताल भारदह सप्तरीमा ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

ठक्कर दिने कार र कार चालक भारतको सुपोल जिल्ला भिमनगर बस्ने ४९ बर्षिय राहुल सिंह प्रहरी नियन्त्रणमा रहेको तथा घटनाको थप आवश्यक कानूनी प्रकृया जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सम्बन्धित खबर