LIVE
जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित |

जनकपुरधाम । जनकपुरका चर्चित जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलले न्युरोट्रमा सेवा सुरु गर्ने भएको छ ।
यस क्षेत्रका विरामीहरुलाई मध्यनजर गर्दै हस्पिटलले आउदो वर्ष २०८०को पहिलो महिना बैशाख देखि नै उक्त सेवा सुरु गर्ने तयारि गरेको छ । मधेश प्रदेशमा न्युरोट्रमा अहिले भरपर्दो सेवा उपलब्ध नरहेकोले विरामिहरुलाई उपचार गराउन काठमाण्डौ तथा भारतका विभिन्न स्थान जाने वाध्यता रहेकोले त्यस्ता वाध्यता समाधान गर्ने उदेश्यले आफुहरुले बैशाख ९ गतेदेखि उक्त सेवा सुचारु गर्ने गरि तयारी थालिएको हस्पिटलका संचालक डा. सुरेन्द्र यादवले जानकारि दिए ।
सोमवार हस्पिटलले पत्रकार सम्मेलन तथा होली मिलन १७ औ वार्षिकोत्सव सातदीवसीय रुपमा विभिन्न कार्यक्रम गरी मनाउने तालिका सार्वजनिक गर्ने क्रममा डा. यादवले यस्तो जानकारि दिएका हुन् ।
उनले उत्कृष्ट सेवा दिँदै मधेश प्रदेशमै जानकी हेल्थकेयर आफ्नो बेग्लै पहिचान तथा विश्वसनीयता कायम गरेको बताए । गम्भीर प्रकृतिका बिरामीको उपचार, शल्यक्रिया, विभिन्न घटना तथा दुर्घटनाका गम्भीर घाइतेको उपचार जानकी हेल्थकेयरले सफल रुपमा गरिरहेकाले अब जनकपुरधाम बाहिर रेफर गर्ने बाध्यात्मक अवस्था न्युन रहेको उनको दावी छ ।
त्यसैगरि, हस्पिटलले आफ्ना १७ औ वार्षिकोत्सव अन्तर्गत पहिलो दिन फागुन २७ गते पहिलो दिन यात्री निवासदेखि बजरंग चोकसम्म सरसफाइ, पापमोचनी सरमा वृक्षारोपन, अस्पताल हाताभित्र रक्तदान कार्यक्रमको आयोजना गर्नुका साथै मेडिसिन, बालरोग, स्त्री रोग, अर्थो, नाक, कान, घाँटी, डेन्टल, युरोलोजी सेवा र विशेषज्ञ ओपिडि सेवासमेत निःशुल्क गरिने छ ।
दोस्रो दिन २८ गते बृद्धाश्रम र मानव सेवा आश्रममा स्वास्थ्य परिक्षण, फलफुल तथा कपडा वितरण एवं विशेषज्ञ ओपिडि शुल्कमा ५० प्रतिशत सहुलियत, २९ गते अस्पतालका विभिन्न विभागका कर्मचारीबिच हाजिरी जवाफ, महोत्तरीका स्वास्थ्य कार्यकर्तासँग स्वास्थ्य सेवाको गुणस्तर वृद्धि र सेवाको पहुँच सम्बन्धी अन्तरक्रिया एवं विशेषज्ञ ओपिडि शुल्कमा ५० प्रतिशत सहुलियत प्रदान गरिने कार्यक्रम रहेका हस्पिटलका व्यवस्थापक हरिश्चन्द्र यादवले जानकारी दिए ।
त्यस्तै, चौथो दिन ३० गते नर्सिङ्ग स्टाफबिच म्युजिकल चेयर तथा अन्य खेल, धनुषाका स्वास्थ्य कार्यकर्तासँग स्वास्थ्य सेवाको गुणस्तर वृद्धि र सेवाको पहुँच सम्बन्धी अन्तरक्रिया एवं विशेषज्ञ ओपिडि शुल्कमा ५० प्रतिशत सहुलियत, चैत १ गते पाँचौ दिन सर्लाहीका स्वास्थ्य कार्यकर्तासँग स्वास्थ्य सेवाको गुणस्तर वृद्धि र सेवाको पहुँच सम्बन्धी अन्तरक्रिया एवं विशेषज्ञ ओपिडि शुल्कमा ५० प्रतिशत सहुलियत, २ गते छठौं दिन सिन्धुलीका स्वास्थ्य कार्यकर्तासँग स्वास्थ्य सेवाको गुणस्तर वृद्धि र सेवाको पहुँच सम्बन्धी अन्तरक्रिया एवं विशेषज्ञ ओपिडि शुल्कमा ५० प्रतिशत सहुलियत एवं सातौं दिन चैत ३ गते विशेषज्ञ ओपिडि शुल्कमा ५० प्रतिशत सहुलियत प्रदान गरिने अस्पतालका चैत ४ गते अन्तिम दिन सम्मान कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी कार्यक्रमको समापन गरिने उनले बताए ।
उनले अस्पतालको १७ औं वार्षिकोत्सवको अवसरमा विशेषज्ञ ओपिडि सेवाका बिरामीको ल्याब, डेन्टल उपचार तथा अन्य अपरेशनमा ३० प्रतिशतसम्म तथा औषधि खरिदमा १० प्रतिशत सहुलियत प्रदान गरिने जानकारीसमेत दिएका छन् ।
पत्रकार सम्मेलनमा अस्पतालका सञ्चालक डाक्टर सुरेन्द्र यादव, अस्तालमा कार्यरत चिकित्सकहरू डाक्टर दामोदर प्रधान, डाक्टर सुधिर सिंह, डाक्टर रमण मिश्रा, डाक्टर सुजित यादव, कृष्णदेव यादव, डाक्टर सुनिल महासेठ, डाक्टर विजय साह, डाक्टर रामज्ञान यादव, डाक्टर शक्ति साह लगायतकाको उपस्थिति थियो ।

सम्बन्धित खबर