LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । इस्लाम धर्मावलम्बीले आज मंगलवार राति ‘सब–ए–बारात’ पर्व धुमधामका साथ मनाउदै छ ।
इस्लाम धर्मावलम्बीहरुले ‘सब–ए–बारात’मा रातभर जाग्राम बसेर सामुहिक नमाज पढ्ने, कुरयान खानि, फतिहा गराउने तथा कब्रिस्तान(चेहानस्थल)मा गएर मृत्यु भएका आफ्ना आफन्त तथा नजिकको लागि दुवा प्रर्थाना गर्ने गर्छन् ।
‘सब–ए–बारात’को १० दिन अघि देखि मुस्लिम सामुदायका व्यक्तिहरुले घरको सरसफाई देखि कब्रिस्तानको सरसफाई गर्ने गर्छन् । ‘सब–ए–बारात’को राति चाना, सुचिसहितका बलुवा बनाई फतिहा गराउने चलन छन् । त्यसैगरि, धार्मिक गुरुहरुलाई घरमा बोलाई कुरयान खानि( कुरयान पढाउने), मिलाद गर्ने, गरिब विपन्नहरुलाई घरमा बोलाई मिठो परिकार खुवाउने तथा उनीहरुलाई दानदक्षिण दिने गर्छन् ।


‘सब–ए–बारात’मा रातभरि जाग्राम बसेर धार्मिक क्रियाकलाप गरेको खण्डमा अल्लाह खुसि हुने र व्यक्तिले चिताएको कुरा अल्लाह पुरा गर्ने तथा विगतका गरेका पापहरुको अल्लाहले माफि गरिने दिने जन विश्वास गरेको इस्लामिक धार्मिक गुरु मोफ्ति उसमान बरकातिले बताए ।
जनकपुरधामका समाजसेवि तथा युवा नेता ईदमोहम्मद साफी(जानी खान)ले भने,‘ ‘सब–ए–बारात’ भनेको ईबादत( धर्मकर्म) को राति हो, यो राति मान्छेले जति धर्म गर्छन, तो अन्य दिनको तुलनामा ७० गुणा बढी पुण्य पाउछन् । त्यसैले यसलाई मुस्लिम सामुदायले ‘सब–ए–बारात’लाई धुमधामका साथ मनाउने गर्छन् । ‘सब–ए–बारात’को सम्पन्न भएको १५ दिन पछि रामजान पर्व सुरु हुने उनले बताए । ‘सब–ए–बारात’को भोलि पल्ट मुस्लिम सामुदायले रोज समेत बस्ने गर्छन ।

 

सम्बन्धित खबर