LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । जनकपुरधाम । मिटरब्याजी पीडितहरुले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।
पिडितहरुले विहिवार स्थानीय रामानन्द चोकबाट विरोध जुलुस प्रर्दशन गर्दै जानकी चोक, राम चोक, जनक चोक, शिव चोक, भानु चोक, मिल्स एरिया हुदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडी प्रदर्शन गरेको छ । यस अघि गत फाल्गुन १८ गते पनि पिडितहरुले जनकपुरधाममा विरोध प्रदर्शन गरेको थियो ।
ऋण मिनाहा, सुदखोरहरूलाई गिरफ्तार गर्, तमसुक व्यवस्था खारेज गर्, मिटरब्याजीको सम्पति छानबिन गर्, पीडितको सम्पति फिर्ता गर्, मिटरब्याजीले गरेको यौन शोषणको छानबिन गरी दोषीलाई कारवाही गर लगायतका नाराहरू लेखिएको प्लेय कार्डा सहित उनीहरुले प्रदर्शन गरेका छन् ।
महिला समुह गठन गर्ने र बिनाधितो ऋण दिने भनेर प्रलोभन देखाई बचतको नाममा लघुवित संस्थाहरुले रकम लुटेर आफू मोटाउने र गरिव विपन्नलाई उठिवास लगाउने गरेको उनीहरुको भनाई छ । ऋण दिने वेलामा न्युन्तम ब्याज लाग्ने र पछि त्यही पैसाको ३६ प्रतिशत सम्म ब्याज संचालकहरुले असुल्ने गरेको उनीहरुको भनाई छ ।
विपन्न नागरिकको जीवन स्तर उकास्न भन्दै विना धितो समुहको जमानतमा ऋण दिने र पछि राष्ट्रबैंकले तोकेको भन्दा फरक गरी विभिन्न शीर्षकमा मोटो रकम असुल्ने गरेको मिटरब्याजी विरुद्धको संघर्ष समिति नेपालका सदस्य संघर्ष दाहालले आरोप लगाए । मिटरब्याजी तथा लघुवित्त वित्तीय संस्थाहरू ५० हजार ऋण दिँदा सेवा शुल्कका नाममा ३ हजार सुरुमै लिने र ३६ प्रतिशतसम्म ब्याज असुल्ने गरेको उनले दुखेसो पोखे । आफुहरुको समस्याप्रति सरकार गम्भिर नदेखिएकोले आन्दोलन गर्न वाध्य भएको उनले बताए ।

सम्बन्धित खबर